श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र जापानी राजदूत माइदा तोरुबीच भेटवार्ता भएको छ। उक्त भेटमा नेपाल र जापानबीचको आपसी समझदारी तथा श्रम सम्झौतासम्बन्धीिविभिन्न विषयमा छलफल भएको बताइएको छ।
भेटमा जापानमा कार्यरत नेपाली कामदारहरूको सेवा, सुविधा र सुरक्षाका विषयमा जापान सरकार गम्भीर रहेको राजदूतले बताए।
साथै, जापानको मागबमोजिम पठाइने दक्ष सीपमुलक कामदारको सन्दर्भमा दुवै पक्षबीच छलफल गरी निष्कर्षमा पुर्याइनेबारे पनि कुरा भएको मन्त्रलायले जनाएको छ।
जापानी राजदूतले नेपाली कामदारहरूको सुरक्षाका लागि जापान सरकार प्रतिबद्ध रहेको र भविष्यमा समेत सहयोगात्मक सम्बन्ध निरन्तर रहने विश्वास व्यक्त गरेका छन्।
नेपालबाट जापान जाने श्रमिकहरूका लागि सुरक्षित तथा आकर्षक अवसरहरू सुनिश्चित गर्न दुवै पक्ष सहकार्य गर्दै जानेबारे पनि छलफल भएको छ।

Shares

प्रतिक्रिया