रुसी राष्ट्रपति भ्लादमिर पुटिन कोरोनाको त्रासबीच कोरोना भाइरसको संक्रमण भएका मानिसको उपचार भइरहेको अस्पताल निरीक्षण गर्न पुगेका छन्।
राजधानी मस्कोस्थित अस्पतालहरुमा पुटिनले मंगलबार भ्रमण गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन्।
पुटिनले अस्पताल भ्रमणका क्रममा कोरोनाको संक्रमणबाट जोगिन चिकित्सकीय पोशाक लगाएका थिए।
उनले चिकित्सकहरुसँग कोरोना उपचारमा भइरहेको प्रगतिका बारेमा जानकारी लिएका थिए।
हालसम्म रुसमा ६ सय ५८ जना कोरोनाबाट संक्रमित छन्। त्यहाँ एकजनाको मृत्यु भइसकेको छ।

प्रतिक्रिया