समाज


खाँदबारीमा ३० वर्षीया युवतीको शव घरनजिकै भेटियो

खाँदबारीमा ३० वर्षीया युवतीको शव घरनजिकै भेटियो

प्रतिनिधिमुलक तस्बिर


नेपालखबर
फागुन १७, २०८१ शनिबार १५:५९, संखुवासभा

संखुवासभाको खाँदबारी नगरपालिका–८, पिप्लेमा एक महिलाको शव फेला परेको छ। पिप्लेस्थित आदर्शटोलमा ३० वर्षीया यमकुमारी ढकाल पोख्रेलले शव फेला परेको हो।

शनिबार (फागुन १७) बिहान करिब ५ बजे पोख्रेलले शव घरभन्दा ५०० मिटर पर फेला परेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताए। उनी शुक्रबार बेलुका ८ बजेदेखि हराएकी थिइन्।

पोख्रेलका श्रीमान्, एक छोरा र एक छोरी छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए।

उनको शव परीक्षणका निम्ति जिल्ला अस्पताल खाँदबारीमा राखिएको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad