समाज


भोलिदेखि रमजान

भोलिदेखि रमजान

फाइल तस्बिर


नेपालखबर
फागुन १७, २०८१ शनिबार १६:१८, काठमाडौँ

इस्लाम धर्मावलम्बीहरूको महान् पर्व रमजान मुबारक महिना भोलिदेखि सुरु हुँदैछ। एक महिनासम्म चल्ने यो पर्वमा मुसलमानहरू दिनमा निराहार बस्छन्। 

रोजा बस्न मुसलमानहरूको उर्दू क्यालेण्डरअनुसार सूर्याेदयभन्दा पहिले अर्थात् बिहानको नमाज पढ्नुअगावै केही खानेकुरा खाई प्रारम्भ हुने रोजा बेलुकाको नमाज (मगरिब)को आजान सुनेर खोल्ने चलन छ।

निराहार बस्नुलाई रोजा भनिन्छ। रोजाको समय दैनिक सूर्य उदाउने र अस्ताउने समयसँगै समयतालिका पनि परिवर्तन भइरहन्छ। रोजा बस्न बिहान तोकिएको समयअगावै र बेलुका तोकिएको समयपछि आहार लिने गर्दछन्। 

उर्दू क्यालेण्डरअनुसार हिजरी संवत्को रमजान महिना नवौँ महिना हो। रमजान महिनामा नै मुसलमानहरूको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो भने यो महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास लिएको छ।

दान दिनु गरिब र दीनदुःखीको सेवा गर्नु, जकात निकाल्नु यो महिनाको विशेषता हो। व्रत बस्न आज साँझ मुसलमानहरूले चन्द्रमा हेर्ने गर्छन्। 

शरीरलाई चोखो राखेर मात्र रोज बस्नुपर्ने मान्यता छ। त्याग, तपस्या र बलिदान सबै जोडिने यो पर्वमा मुसलमानहरू रोजा बस्नुलाई गर्व मान्दछ। नबालक, बिरामी, घातक रोग लागेका र गर्भवतीलाई रोजा बस्न अनिवार्य छैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad