समाज


राति देशका धेरै स्थानमा चट्याङसहित वर्षाको सम्भावना

राति देशका धेरै स्थानमा चट्याङसहित वर्षाको सम्भावना

फाइल तस्बिर: काठमाडौँ


नेपालखबर
फागुन १६, २०८१ शुक्रबार १९:१४, काठमाडौँ

हाल सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशलगायत देशका पहाडी क्षेत्रमा साधारणतयादेखि अधिकांश बदली रही देशका बाँकी स्थानमा आंशिक बदली छ। अनि सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाले शुक्रबार साँझ ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार राति यस्तो छ वर्षा र हिमपात हुने सम्भावना- 

कोसी प्रदेश: राति हिमाली क्षेत्रमा साधारणतयादेखि मुख्यतया बदली रही थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाका साथै हल्कादेखि मध्यमसम्म हिमपात हुने सम्भावना छ। पहाडी क्षेत्रमा साधारणतयादेखि मुख्यतया बदली रही थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ। तराई क्षेत्रमा आंंशिक बदली रहने सम्भावना छ।

मधेस प्रदेश: राति तराई क्षेत्रमा आंंशिक बदली रहने सम्भावना छ।

बागमती प्रदेश: राति हिमाली क्षेत्रमा साधारणतयादेखि मुख्यतया बदली रही थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाका साथै हल्कादेखि मध्यम हिमपातको सम्भावना छ। पहाडी क्षेत्रमा साधारणतयादेखि मुख्यतया बदली रही थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ। तराई क्षेत्रमा आंंशिक बदली रहने सम्भावना छ।

गण्डकी प्रदेश: राति हिमाली क्षेत्रमा साधारणतयादेखि मुख्यतया बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाका साथै हल्कादेखि मध्यम हिमपातको सम्भावना छ। पहाडी क्षेत्रमा साधारणतयादेखि मुख्यतया बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। तराई क्षेत्रमा आंंशिक बदली रहने सम्भावना छ।

लुम्बिनी प्रदेश: राति पहाडी क्षेत्रमा साधारणतयादेखि मुख्यतया बदली रही थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ। तराई क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

कर्णाली प्रदेश: राति हिमाली क्षेत्रमा साधारणतयादेखि मुख्यतया बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ। पहाडी क्षेत्रमा साधारणतयादेखि मुख्यतया बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

सुदूरपश्चिम प्रदेश: राति हिमाली क्षेत्रमा साधारणतयादेखि मुख्यतया बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ। पहाडी क्षेत्रमा साधारणतयादेखि मुख्यतया बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। तराई क्षेत्रमा साधारणतयादेखि मुख्यतया बदली रही थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ।

मौसम महाशाखाले आगामी २४ घण्टा (शनिबार साँझ ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।

जसमा भनिएको छ : सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशलगायत देशका पहाडी भूभागमा साधारणतयादेखि अधिकांश बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाका साथै लुम्बिनी प्रदेशसहित देशका बाँकी पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थान र बाँकी  प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेsfले दैनिक जनजीवन, स्वास्थ्य, कृषि, सडक तथा हवाई यातायातमा प्रभाव पर्नसक्ने हुँदा त्यसबाट हुनसक्ने असरबाट समेत बच्न आवश्यक उपाय तथा सतर्कता अपनाउन हुन अनुरोध छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad