कारोबार


क्लासिक डाइमन्डको ‘टाइमलेस प्यारागन ज्वेलरी फेसन सो’

क्लासिक डाइमन्डको ‘टाइमलेस प्यारागन ज्वेलरी फेसन सो’

नेपालखबर
फागुन १६, २०८१ शुक्रबार १९:२२, काठमाडौँ

क्लासिक डाइमन्डको टाइमलेस प्यारागन ज्वेलरी फेसन सो (टीपीजेएफएस) काठमाडौँमा सम्पन्न भएको छ।

कार्यक्रममा क्लासिक डाइमण्ड ज्वेलर्सले मंसिरमा आयोजना गरेको फेसन र मोडलिङ प्रतियोगिता ‘फेस अफ क्लासिक डाइमन्ड’को पाँचौ सिजनका विजेताहरूलाई सम्मान र पुरस्कार पनि प्रदान गरिएको थियो।

देशभरबाट छानिएका प्रतियोगिमध्ये पूर्णिका सिंजापति फेस अफ क्लासिक डाइमन्ड, सृष्टि श्रेष्ठ फस्ट रनर अप तथा उरुसा भण्डारी सेकेन्ड रनर अप भएका छन्।

विजेताहरुले नगद पुरस्कारसहित एक वर्षका लागि क्लासिक डाइमन्डको ‘ब्रान्ड एम्बेसडर’ बन्ने अवसर पनि प्राप्त गरेका छन्।

फेसन सोमा विजेताहरूको क्राउनिङ सेरेमोनि पनि भएको थियो। क्राउनिङ सेरेमोनिपछि विजेताहरूलगायत विभिन्न मुलुकका १५ भन्दा बढि अन्तर्राष्ट्रिय मोडलहरुले इलाइट कलेक्सनका नयाँ डिजाइनका गहनाहरु लगाएर र्‍याम्पमा वाक गरेका थिए।

उक्त अवसरमा मिस युनिभर्स २००० तथा बलिउड अभिनेत्री लारा दत्त सो स्टपर रहेकी थिइन्। दत्तले क्लासिक डाइमन्डको विशेष क्राउन लगाएर र्‍याम्प वाक गरेकी थिइन्।

साथै, उनले क्लासिक डाइमन्ड तथा नेपालका बारेमा पनि आफनो विचार व्यक्त गरेकी थिइन्।

यसैगरि, फागुन १३ गतेदेखि क्लासिक डाइमन्ड ज्वेलर्सले एक हप्ताका लागि विशेष छुटसहित ज्वेलरी एक्जिबिसन गर्ने भएको छ। एक्जिबिसन क्लासिक डाइमन्ड ज्वेलर्सको न्यूरोड तथा पुल्चोक सोरुममा आयोजना हुनेछ। 

उक्त अवसरमा क्लासिक डाइमन्ड ज्वेलर्सले आफनो इतिहासमा नै पहिलो पटक हिरा तथा जेम्स स्टोन जडित गहनाहरुमा फ्याक्ट्री मूल्यमा २५ प्रतिशत छुटको अफर प्रदान गरेको जनाएको छ।

साथै, उक्त अवसरमा इलाइट कलेक्सन अन्तर्गत ५ वटा विभिन्न क्याटागोरीमा हिराका गहना प्रदर्शनी हुने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad