गएरातिदेखि भएको मौसम बदलीको कारण नेपालमा हवाई उडान प्रभावित भएको छ।
शुक्रबार बिहानैदेखि नेपालका आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएका हुन्।
आज बिहान काठमाडौँ विमानस्थलको भिजिविलिटी १६ सय मिटर मात्रै रहेको छ।
अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आईएफआरको साहायतामा उडान भैरहेको छ। केही जहाज अवतरणको लागि स्लट कुरिरहेका फ्लाईट राडरमा देख्न सकिन्छ।
बुद्ध एयरका अनुसार आन्तरिक उडान हुने पोखरा, भरतपुर र तुम्लिङटार अझै खुलेका छैनन्। ती विमानस्थलबाट पनि बिहानैदेखि उडान हुन सकेको छैन।
उडान प्रभावित हुँदा यात्रुहरु विमानस्थलमा माैसम खुल्ने प्रतीक्षामा बसेका छन्।
363
Shares

प्रतिक्रिया