समाज


आज काठमाडौँसहित देशका धेरै स्थानमा पानी पर्ने प्रक्षेपण

आज काठमाडौँसहित देशका धेरै स्थानमा पानी पर्ने प्रक्षेपण

नेपालखबर
फागुन १६, २०८१ शुक्रबार ९:२१, काठमाडौँ

हाल (शुक्रबार बिहान) सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा साधारणतयादेखि अधिकांश बदली (आकाशमा बादल) देशका बाँकी स्थानमा आंशिकदेखि साधारणतया बदली छ भने सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशमा गएरातिदेखि पानी परिरहेको हो।

‘यतिबेला सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै स्थानमा अहिले मेघगर्जन/चट्याङसहित वर्षा भइरहेको छ’, उनले भनिन्। 

मौसम महाशाखाले आज शुक्रबार देशका धेरै स्थानमा पानी पर्ने प्रक्षेपण गरेको छ। 

मौसमविद् कँडेलका अनुसार आज काठमाडौँ उपत्यकामा पनि हल्का वर्षाको सम्भवना छ।

काठमाडौँको मौसम पनि बिहानैदेखि धुम्म भएको छ। 

‘दिउँसो काठमाडौँ उपत्यकामा पनि हल्का वर्षा हुने सम्भावना छ’, मौसमविद् कँडेलले भनिन्।  

हेर्नुहोस् मौसम महाशाखाले आजका लागि गरेको वर्षा र हिमपातको प्रक्षेपण-

२०८१ फागुन १६ गते (शुक्रबार)

कोसी प्रदेश 
दिउँसो: हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा साथै हल्का देखि मध्यम हिमपातको सम्भावना छ। पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ। तराई क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहने सम्भावना छ।

राति: हिमाली क्षेत्रमा साधारणतया देखि मुख्यतया बदली रही थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा साथै हल्का देखि मध्यम हिमपातको सम्भावना छ। पहाडी क्षेत्रमा साधारणतया देखि मुख्यतया बदली रही थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ। तराई क्षेत्रमा आंंशिक बदली रहने सम्भावना छ।

मधेस प्रदेश
दिउँसो: तराई क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहने सम्भावना छ।

राति: तराई क्षेत्रमा आंंशिक बदली रहने सम्भावना छ।

बागमती प्रदेश
दिउँसो: हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा साथै हल्का देखि मध्यम हिमपातको सम्भावना छ। पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ। तराई क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहने सम्भावना छ।

राति: हिमाली क्षेत्रमा साधारणतया देखि मुख्यतया बदली रही थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा साथै हल्का देखि मध्यम हिमपातको सम्भावना छ। पहाडी क्षेत्रमा साधारणतया देखि मुख्यतया बदली रही थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ। तराई क्षेत्रमा आंंशिक बदली रहने सम्भावना छ।

गण्डकी प्रदेश
दिउँसो: हिमाली क्षेत्रमा साधारणतया बदली रही केही स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा साथै हल्का देखि मध्यम हिमपातको सम्भावना छ। पहाडी क्षेत्रमा साधारणतया बदली रही केही स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ। तराई क्षेत्रमा साधारणतया बदली रही केही स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

राति: हिमाली क्षेत्रमा साधारणतया देखि मुख्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्का देखि मध्यम वर्षा साथै हल्का देखि मध्यम हिमपातको सम्भावना छ। पहाडी क्षेत्रमा साधारणतया देखि मुख्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। तराई क्षेत्रमा आंंशिक बदली रही केही स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ।

लुम्बिनी प्रदेश
दिउँसोस्    पहाडी क्षेत्रमा साधारणतया बदली रही केही स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ। तराई क्षेत्रमा साधारणतया बदली रही केही स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

राति: पहाडी क्षेत्रमा साधारणतया देखि मुख्यतया बदली रही थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ। तराई क्षेत्रमा आंंशिक बदली रहने सम्भावना छ।

कर्णाली प्रदेश
दिउँसो: हिमाली क्षेत्रमा साधारणतया बदली रही धेरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्का देखि मध्यम वर्षा साथै हल्का देखि मध्यम हिमपातको सम्भावना छ। पहाडी क्षेत्रमा साधारणतया बदली रही धेरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ।

राति: हिमाली क्षेत्रमा साधारणतया देखि मुख्यतया बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना छ। पहाडी क्षेत्रमा साधारणतया देखि मुख्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ।

सुदूरपश्चिम प्रदेश
दिउँसो: हिमाली क्षेत्रमा साधारणतया बदली रही धेरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्का देखि मध्यम वर्षा साथै हल्का देखि मध्यम हिमपातको सम्भावना छ। पहाडी क्षेत्रमा साधारणतया बदली रही धेरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। तराई क्षेत्रमा साधारणतया बदली रही केही स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

राति: हिमाली क्षेत्रमा साधारणतया देखि मुख्यतया बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना छ। पहाडी क्षेत्रमा साधारणतया देखि मुख्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। तराई क्षेत्रमा साधारणतया देखि मुख्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad