समाज


आज राति देशका धेरै स्थानमा वर्षा र हिमपातको सम्भावना

आज राति देशका धेरै स्थानमा वर्षा र हिमपातको सम्भावना

फाइल तस्बिर


नेपालखबर
फागुन १५, २०८१ बिहिबार १९:३५, काठमाडौँ

आज बिहीबार राति मधेसबाहेक देशका बाँकी सबै प्रदेशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाका अनुसार आज राति यी प्रदेशका यी स्थानमा छ वर्षा र हिमपातको सम्भावना-

कोसी प्रदेश: हिमाली क्षेत्रमा साधारणतयादेखि मुख्यतया बदली रही एक-दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाका साथै हल्का हिमपातको सम्भावना छ। पहाडी क्षेत्रमा साधारणतयादेखि मुख्यतया बदली रही एक-दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ। तराई क्षेत्रमा साधारणतयादेखि मुख्यतया बदली रहने सम्भावना छ।

मधेस प्रदेश: तराई क्षेत्रमा साधारणतयादेखि मुख्यतया बदली रहने सम्भावना छ।

बागमती प्रदेश: हिमाली क्षेत्रमा साधारणतयादेखि मुख्यतया बदली रही एक-दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाका साथै हल्का हिमपातको सम्भावना छ। पहाडी क्षेत्रमा साधारणतयादेखि मुख्यतया बदली रही एक-दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ। तराई क्षेत्रमा साधारणतयादेखि मुख्यतया बदली रहने सम्भावना छ।

गण्डकी प्रदेश: हिमाली क्षेत्रमा साधारणतयादेखि मुख्यतया बदली रही थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाका साथै हल्का हिमपातको सम्भावना छ। पहाडी क्षेत्रमा साधारणतयादेखि मुख्यतया बदली रही थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ। तराई क्षेत्रमा साधारणतयादेखि मुख्यतया बदली रहने सम्भावना छ।

लुम्बिनी प्रदेश: पहाडी क्षेत्रमा साधारणतयादेखि मुख्यतया बदली रही थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ। तराई क्षेत्रमा साधारणतयादेखि मुख्यतया बदली रही थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

कर्णाली प्रदेश: हिमाली क्षेत्रमा सामान्य बदली रही केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाका साथै हल्का हिमपातको सम्भावना छ। पहाडी क्षेत्रमा सामान्य बदली रही केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

सुदूरपश्चिम प्रदेश: हिमाली क्षेत्रमा सामान्य बदली रही केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाका साथै हल्का हिमपातको सम्भावना छ। पहाडी क्षेत्रमा सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ। तराई क्षेत्रमा सामान्य बदली रही थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad