समाज


तीनकुनेमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा २२ वर्षीया युवतीको मृत्यु

दुर्घटनापछि तीनवटा सवारी साधनका चालक पक्राउ
तीनकुनेमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा २२ वर्षीया युवतीको मृत्यु

नेपालखबर
फागुन १५, २०८१ बिहिबार १२:३१, काठमाडौँ

काठमाडौँको तीनकुनेमा गएराति मोटरसाइकल दुर्घटना हुँदा २२ वर्षीया युवतीको मृत्यु भएको छ। 

काठमाडौँ महानगरपालिका-३२ तीनकुने नजिकै गएराति प्र.३-०३-००१ प ९७३६ नम्बरको मोटरसाइकललाई टिपरले ठक्कर दिँदा दुर्घटना भएको हो।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार ललितपुर लेले घर भएकी २२ वर्षीया रीता नेवारको मृत्यु भएको प्रहरीले जनाएको छ। 

दुर्घटनामा गम्भीर घाइते भएकी उनको केएमसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। 

उक्त मोटरसाइकललाई बा.०३-००१ क ११७५ नम्बरको टिपरले ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। 

टिपरले ठक्कर दिएपछि मोटरसाइकल बा.५ ख १५४६ नम्बरको बसमा ठोकिँदा उनको मृत्यु भएको हो। 

दुर्घटनापछि तीनवटै सवारी साधनका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad