राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथकोदर्शन एवं पूजा,आराधना गरेका छन्। बुधबार महाशिवरात्रीको अवसरमा राष्ट्रपति पौडेलले पशुपतिनाथमा पुगेर दर्शनसँगै पूजा गरेका हुन्।
पशुपतिनाथको पूजाआराधनाका साथै उनले प्रसाद ग्रहणसमेत गरे। शिवभक्तहरूले शिवरात्रिका दिन व्रत बस्ने र भगवान शिवको प्रिय वस्तु दुध, धतुरो र बेलपत्र आदि पूजा सामग्री चढाएरपूजा गर्ने गर्दछन्।
शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्वकालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा रहेको शिव पुराणलगायतका ग्रन्थमा उल्लेख छ।
फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई दिनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ। आज देशभरका शिवालय, तनहुँको देवघाट, म्याग्दीको गलेश्वर धाम, सन्तानेश्वर महादेव, हलेसी महादेव, कुशेश्वर महादेवलगायतका शिवालयमा भक्तजनहरूको बाक्लो उपस्थिति रहेको थियो।
Shares

प्रतिक्रिया