समाज


दारेगौँडा जंगलमा मृत भेटिए युवक-युवती

दारेगौँडा जंगलमा मृत भेटिए युवक-युवती

प्रतिनिधिमुलक तस्बिर


नेपालखबर
फागुन १४, २०८१ बुधबार १४:१, काठमाडौँ

खोटाङको बराहपोखरी गाउँपालिका वडा नम्बर- १ बराहपोखरीको डाँडाखर्कका  युवक र युवती मृत फेला फेला परेका छन् ।

बुधबार बिहान गाउँ नजिकै रहेको दारेगौँडा जंगलमा २३ वर्षकी सरिता विष्ट र २० वर्षका शिखर बस्नेत मृत फेला परेका हुन् ।

सरिताको घाँटीमा धारिलो हतियार प्रहार भएको जस्तो ठूलो चोट देखिएको र उनको शवभन्दा करिब २५ मिटरको फरकमा शिखर झुण्डिएको अवस्थामा मृत फेला परेको वडाध्यक्ष ढकबहादुर कार्कीले जानकारी दिए । 

सरिता विवाहित हुन् भने शेखर अविवाहित। प्रहरी चौकी बराहपोखरीको टोलीले घटना स्थल भएको जंगललाई सुरक्षित गरिसकेको र आफू घटनास्थलतर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रतिक विष्टले जानकारी दिए ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad