वैदेशिक रोजगारीको लागि अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरिएको जनाएको छ।
पक्राउ पर्नेमा रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१ स्थायी ठेगाना भई हाल ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका–४ बस्ने वर्ष २४ को मनिषराज खड्का, रुकुम पश्चिम मुसिकोट नगरपालिका–२ स्थायी ठेगाना भई हाल काठमाडौँ टोखा नगरपालिका–३ बस्ने वर्ष २७ को मधु कुमार खड्का र वर्ष ३४ को वीरेन्द्र खड्का रहेका छन्।
बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरुको बाटो हुँदै अमेरिका लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई पीडितहरूबाट १ करोड ४४ लाख ५० हजार रुपैयाँ ठगी गरी सम्पर्कविहीन भएको आरोप लागेको छ।
पीडितहरुले दिएको जाहेरी दरखास्तका आधारमा पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
Shares

प्रतिक्रिया