हाल देशमा पश्चिमीसँगै स्थानीय वायुकोसमेत आंशिक प्रभाव रहेको छ।
यतिबेला (मंगलबार बिहान) देशका पहाडी भूभागको मौसम आंशिक बदली छ। देशका बाँकी भूभागको मौसम मूख्यतया सफा छ।
तराईका थोरै स्थानमा अहिले हुस्सु लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज कोसी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले मंगलबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।
महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेको छ, ‘आज कोसी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको हुनाले यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाटसमेत बच्नको लागि आवश्यक उपायहरू तथा सतर्कता अपनाउन अनुरोध छ।’
हेर्नुहोस् आगामी ३ दिनको मौसम पूर्वानुमान



Shares

प्रतिक्रिया