समाज


स्वास्थ्य बिमामा देखिएका विकृति हटाउने काम भइरहेको छ : स्वास्थ्यमन्त्री पौडेल

स्वास्थ्य बिमामा देखिएका विकृति हटाउने काम भइरहेको छ : स्वास्थ्यमन्त्री पौडेल

नेपालखबर
फागुन १२, २०८१ सोमबार १७:३५, काठमाडौँ

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमामा देखिएका विकृति हटाउने गरी काम भैरहेको र यसका लागि दुई चरणमा काम भैसकेको बताएका छन्।

स्वास्थ्य बिमा कार्यक्रममा सुधारका लागि सुझाव दिन गठित कार्यदलले प्रतिवेदन बुझाएको र सोही आधारमा कार्य योजना निर्माण गरेर सुधारका काम अघि बढिरहेको बताएका छन्।

संसद भवनबाट बाहिरिने क्रममा मन्त्री पौडेलले स्वास्थ्य बिमा ऐनमा कार्यक्रम प्रभावकारी बनाउन केही नीतिगत सुधार गरिएको र बाँकी कार्ययोजना अनुसारका काम कार्यान्वयनका लागि प्रयास भैरहेको बताए।

मन्त्री पौडेलले स्वास्थ्य बिमा हटाउने भन्ने नभई यसलाई व्यवस्थित गर्न खोजिएको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad