ad ad

समाज


लकडाउनका बेला बाहिर निस्कनेलाई भारतमा उठबस, पाकिस्तानमा भाले बनाइयो

लकडाउनका बेला बाहिर निस्कनेलाई भारतमा उठबस, पाकिस्तानमा भाले बनाइयो

नेपालखबर
चैत ११, २०७६ मंगलबार ११:५४,

भारत र पाकिस्तानका मुख्य–मुख्य शहरहरु ठप्प पारिँदा नेपाल पुरै ठप्प पारिएको छ।

यसबीचमा भारत र पाकिस्तानमा लकडाउनका बेला घरबाट बाहिर सडकमा निस्किएका मानिसलाई सजाय दिइएको छ।

पाकिस्तानको कराची शहर हाल लकडाउन गरिएको छ। उक्त शहरमा लकडाउनको नियम पालना नगर्ने मानिसहरुलाई भाले बनाएर सजाय दिइएको छ।

Image result for indian police punish amid lockdown

यस्तै भारतमा दिल्लीसहित मुख्य शहरहरुमा लकडाउनको नियम पालना नगर्नेलाई उठबस गरेर घर फर्किन भनिएको छ।

भारत र पाकिस्तानले लकडाउन उल्लंघन गर्नेलाई दिएको सजाय यतिबेला सामाजिक सन्जालमा भाइरल बनेको छ। उक्त घटनाको फोटो र भिडियो सार्वजनिक भएका छन्।

हालसम्म भारतमा ५११ कोरोनाबाट संक्रमित बनेका छन्। त्यहाँ १० जनाको मृत्यु भइसकेको छ। पाकिस्तानमा ९०८ कोरोना भाइरसका कारण बिरामी परेका छन्। त्यहाँ ७ जनाको मृत्यु भइसकेको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .