समाज


राशिफल ११ फागुन: मकरको गोप्य सूचना बाहिरिने, वृषको सामान चोरी हुने, तपाईंको के?

राशिफल ११ फागुन: मकरको गोप्य सूचना बाहिरिने, वृषको सामान चोरी हुने, तपाईंको के?

ज्यो. मेनुका दाहाल
फागुन ११, २०८१ आइतबार ४:३४, काठमाडौँ

आज आइतबार, ११ फागुन २०८१ (२३ फेब्रुअरी २०२५)। हेर्नुस् आजको राशिफल-

मेष: सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ। आफन्तको सहयोग प्राप्त हुनेछ। शुभारम्भको चर्चा चल्नेछ। प्राविधिक र जग्गाजमिनको कारोबारबाट राम्रो फाइदा हुनेछ। पुनर्मिलनको योग छ। शुभ समाचार सुन्न पाइएला।

भाग्यशाली रङ खैरो र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६०, सेयर बजारमा ४२, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ८०, यात्राको योग ८१ र सम्पूर्ण भाग्यांक ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। कालो रङको प्रयोग नगर्ने।

वृष: सामान हराउने वा चोरी हुने सम्भावना छ। शरीरमा स्फूर्ति र उमंगको कमी हुनेछ। भाग्यशक्ति कमजोर हुनाले चिताएको काममा सोचे जस्तो सफलता नमिल्ला। परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ।

भाग्यशाली रङ घ्यू रङ र अंक ६ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ३५, सेयर बजारमा ४१, वैदेशिक कार्यमा ३७ र शिक्षामा ४१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४३ र सम्पूर्ण भाग्यांक ४२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विघ्नहर्ता गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। अखाद्य वस्तुको सेवन नगर्ने।

मिथुन: प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ। वाणीमा कुशलता आउने दिन छ। शुभकार्यको चर्चा चल्नेछ। दिनको उत्तरार्धमा मन पर्ने व्यक्तिसँग भेटघाट हुनेछ। वैदेशिक कार्यमा सफलता मिल्नेछ।

भाग्यशाली रङ रातो र अंक ८ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६६, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ८० र सम्पूर्ण भाग्यांक ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले दुर्गाजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। उत्तर दिशा नजाने।

कर्कट: शुभकार्यको चर्चा चल्नेछ। भाग्यले विभिन्न अवसर जुराउनेछ। नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ। सामाजिक कार्यमा सफलता मिल्नेछ। गोपनीय ढंगले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ। 

भाग्यशाली रङ हरियो र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६९, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५० र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५८ र सम्पूर्ण भाग्यांक ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले अग्रज व्यक्तिसँग सुझाव लिने। दक्षिण दिशाको यात्रा नगर्ने।    

सिंह: टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ। नयाँ कामका विभिन्न अवसर फेला पर्नेछन्। पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ। सामाजिक क्षेत्रमा सफलता मिल्नेछ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ।

भाग्यशाली रङ आकाशे र अंक ३ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६९, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५२ र सम्पूर्ण भाग्यांक ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। छल कपट नगर्ने।   

कन्या: शरीरमा स्फूर्ति र उमंगको कमी आउला। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। कसैले झुटो आश्वासन दिन सक्छन्। आकस्मिक खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्छ तर साँझमा भने प्रियजनको साथ मिल्नेछ।

भाग्यशाली रङ सेतो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ४५, व्यापारमा ४१, सेयर बजारमा ३४, वैदेशिक कार्यमा ४८ र शिक्षामा ३७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५०, यात्राको योग ३५ र सम्पूर्ण भाग्यांक ४२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवानलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। हरियो रङको प्रयोग नगर्ने।

तुला: पारिवारिक सद्भाव बढ्नेछ। मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ। शुभ चिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन्। गरेको काममा प्रशंसा, बढुवा वा उन्नतिको प्रयास सफल हुनेछ। मनोरञ्जनमा सहभागी भइएला।

भाग्यशाली रङ घ्यू रङ र अंक २ रहेको छ। प्रेम र सम्बन्धमा ५५, व्यापारमा ६१, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ४३ र सम्पूर्ण भाग्यांक ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।

वृश्चिक: एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्राप्त हुनेछ।  प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। प्रतिष्ठित काम गर्ने मौका छ।

भाग्यशाली रङ पहेँलो र अंक ८ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ८१, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ८० र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५६ र सम्पूर्ण भाग्यांक ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

धनु: बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ। नयाँ कार्यको योजना बन्नेछ। साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ र प्रेमीले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव राख्न सक्छन्।

भाग्यशाली रङ पहेँलो र अंक ३ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६४, सेयर बजारमा ७९, वैदेशिक कार्यमा ७२ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५१ र सम्पूर्ण भाग्यांक ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खरानी रङको प्रयोग नगर्ने।

मकर: गोप्य सूचना बाहिरिनाले समस्या आउनेछ। पारिवारिक जीवनमा असमझदारी बढ्न सक्छ। अरुले गरे भनेका कुरामा चित्त नबुझ्न सक्छ। संयमता अपनाउनु राम्रो हुनेछ तर वैदेशिक कार्य भने बन्नेछ।

भाग्यशाली रङ हरियो र अंक २ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४१, सेयर बजारमा  ४९, वैदेशिक कार्यमा ४९ र शिक्षामा ४२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४१, यात्राको योग  ३८ र सम्पूर्ण भाग्यांक  ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खैरो रङको प्रयोग नगर्ने।

कुम्भ: रोकिएका काम पुनः सुरु हुन सक्छन्। रमणीय र सुखद् यात्राको योग छ। परोपकारी कार्यमा संलग्न भइनेछ। करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ। आत्मिक सन्तुष्टि मिल्नेछ।

भाग्यशाली रङ निलो र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ८०, व्यापारमा ६६, सेयर बजारमा  ७१, वैदेशिक कार्यमा ६२ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग  ५१ र सम्पूर्ण भाग्यांक ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। सेतो रङको प्रयोग नगर्ने।

मीन: ठीक समयमा सही निर्णय लिन सकिनेछ। बोलीको चातुर्यले काम बन्नेछ। दानपुण्य जस्ता कार्यमा सहभागी भइनेछ। शेयर बजारबाट राम्रो सफलता मिल्ला। व्यवसायका लागि यात्राको सम्भावना पनि छ। शुभकार्यको चर्चा चल्नेछ।

भाग्यशाली रङ पर्पल र अंक ८ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६७, सेयर बजारमा  ७५, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५२ र सम्पूर्ण भाग्यांक ७२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने तामसीक भोजन नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad