समाज


उदयपुरमा जन्ती बस दुर्घटना : एकको मृत्यु, २६ जना घाइते

उदयपुरमा जन्ती बस दुर्घटना : एकको मृत्यु, २६ जना घाइते

नेपालखबर
फागुन ९, २०८१ शुक्रबार १४:६, विराटनगर

उदयपुरमा जन्ती बोकेको बस र मिनी ट्रक ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ। २६ जना घाइते भएका छन्। घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। 

मदन भण्डारी राजमार्गअन्तर्गत उदयपुरको उदयपुरगढी गाउँपालिका–७ जोगी टोलमा प्रदेश ०६–००१ ख ०१९५ नम्बरको बस र ना ८ ख २४०४ नम्बरको मिनी ट्रक ठोक्किएर दुर्घटना भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

बाराबाट जन्ती लिएर गाईघाटतर्फ आउँदै गरेको बस र गाइघाटबाट तेज पत्ता बोकेर जाँदै गरेको मिनी ट्रक ठोक्किएर दुर्घटना भएको थियो। 

दुर्घटनामा परेर बसमा सवार बाराको बारा गढी गाउँपालिका–४ का ७० वर्षीय सीताराम धामीको मृत्यु भएको उदयपुरका ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर चन्द्रबहादुर खड्काले जानकारी दिए। 

दुर्घटनामा परेर गम्भीर घाइते भएका उनलाई थप उपचारका लागि विराटनगरको न्युरो अस्पताल ल्याइएको थियो । उपचारका क्रममा बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परेर बाराको बारा गढी गाउँपालिका–४ का १५ वर्षीय दीपक चौधरी, ४२ वर्षीय श्रीकान्त बछार र ५५ वर्षीय बलिराम चौधरी गम्भीर घाइते भएको जानकारी इन्स्पेक्टर खड्काले दिए । 

तीनै जनाको विराटनगरको न्युरो अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनामा बसका चालक रौतहटको फतुवा विजयपुर नगरपालिका–११ का ४५ वर्षीय कपिलदेव थारु, ट्रक चालक बाराको जितपुरसिमरा उपमहानगरपालिका–२४ का २५ वर्षीय सजाद आलम, सहचालक जितपुरसिमरा–२४ का अन्दाजी २४ वर्षीय सयम देवानसमेत घाइते भएका छन्। उनीहरूको अवस्था सामान्य रहेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad