समाज


आज देशका धेरै स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना, काठमाडौँमा?

आज देशका धेरै स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना, काठमाडौँमा?

फाइल तस्बिर: काठमाडौँ


नेपालखबर
फागुन ८, २०८१ बिहिबार ७:३६, काठमाडौँ

आज मधेसबाहेक बाँकी ६ वटै प्रदेशमा वर्षा र हिमपातको सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणालीका कारण आज वर्षा र हिमपातको सम्भावना बढेको हो। 

यसैबीच आज राजधानी काठमाडौँमा भने छिटपुट मात्र वर्षाको सम्भावना रहेको महाशाखाका मौसमविद् डेभिड ढकालले जानकारी दिए। 

‘काठमाडौँ वर्षा हुने सम्भावना त कमै छ, भयो भने कतै कतै छिटपुट पानी पर्नसक्छ’, उनले भने।

हेर्नुहोस्, आज कहाँ कहाँ छ, वर्षाको सम्भावना?

कोसी प्रदेश    
दिउँसोः हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा हल्का वर्षा साथै हल्का हिमपात हुने सम्भावना छ। पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एक/दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ। तराई क्षेत्रमा आंशिक बदली देखि मुख्यतया सफा रहने सम्भावना छ।

रातिः हिमाली क्षेत्रमा आंंशिक बदली रही एक/दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ। पहाडी क्षेत्रमा आंंशिक बदली रही एक/दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ। तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना छ।

मधेस प्रदेश
दिउँसोः तराई क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने सम्भावना छ।

रातिः तराई क्षेत्रमा आंंशिक बदली रहने सम्भावना छ।

बागमती प्रदेश
दिउँसोः हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा हल्का वर्षा साथै हल्का हिमपात हुने सम्भावना छ। पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एक/दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ। तराई क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने सम्भावना छ।

रातिः हिमाली क्षेत्रमा आंंशिक बदली रही एक/दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ। पहाडी क्षेत्रमा आंंशिक बदली रही एक/दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ। तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना छ।

गण्डकी प्रदेश 
दिउँसोः हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही केही स्थानमा मेघगर्जन, चट्याङ/सहित हल्का वर्षा साथै हल्का हिमपात हुने सम्भावना छ। पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एक/दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ। तराई क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहने सम्भावना छ।

रातिः हिमाली क्षेत्रमा आंंशिक बदली रही एक/दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ। पहाडी क्षेत्रमा आंंशिक बदली रही एक/दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ। तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना छ।

लुम्बिनी प्रदेश
दिउँसोः पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एक/दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ। तराई क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एक/दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ।

रातिः पहाडी क्षेत्रमा आंंशिक बदली रही एक/दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ। तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना छ।

कर्णाली प्रदेश
दिउँसोः हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाका साथै हल्का हिमपात हुने सम्भावना छ। पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ।

रातिः हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाका साथै हल्का हिमपात हुने सम्भावना छ। पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ।

सुदूरपश्चिम प्रदेश
दिउँसोः हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाका साथै हल्का हिमपात हुने सम्भावना छ। पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ। तराई क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ।

रातिः हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाका साथै हल्का हिमपात हुने सम्भावना छ। पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ। तराई क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ।

मौसम महाशाखाले दिउँसो भन्नाले दिनभर र राति भन्नाले रातभरको अर्थमा प्रयोग गरेको हो। अर्थात् दिउँसोको अर्थ वर्षाको सम्भावना अहिलेदेखि बेलुका ६ बजेसम्म जतिबेला पनि हुनसक्छ भनिएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad