समाज


प्रकृति लम्साल मृत्यु प्रकरण : रक्सौल नाका भएर ९३ नेपाली विद्यार्थी स्वदेश फर्किए

प्रकृति लम्साल मृत्यु प्रकरण : रक्सौल नाका भएर ९३ नेपाली विद्यार्थी स्वदेश फर्किए

नेपालखबर
फागुन ७, २०८१ बुधबार १५:३७, काठमाडौँ

भारतको कलिंगा इन्स्टिच्युट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा प्रकृति लम्सालको मृत्युपछि तनाव सिर्जना भएपछि अन्य नेपाली विद्यार्थीहरू स्वदेश फर्किन थालेका छन्। आइतबार प्रकृतिको मृत्यु भएको थियो।

त्यसपछि भएको विवादले उग्ररुप लिएपछि नेपाली विद्यार्थीलाई कुटपिट गर्दै जबर्जस्ती निकालिएको थियो। उनीहरू विभिन्न नाका हुँदै स्वदेश फर्किरहेका छन्। 

पर्साको वीरगञ्जस्थित रक्सौल नाका हुँदै गएरातिदेखि आज दिउँसोसम्म ९३ जना विद्यार्थी नेपाल प्रवेश गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक सुवास भट्टले नेपालखबरलाई जानकारी दिए।  

९३ जना विद्यार्थी बारा, पर्सा, रौतहटका रहेको भट्टको भनाइ छ। यसअघि विराटनरतर्फको नाकाबाट पनि केही विद्यार्थी फर्किएका थिए।  

उक्त घटनामा क्याम्पस प्रशासनले माफी मागेर नेपाली विद्यार्थीलाई कक्षामा फर्किन आह्वान गरिसकेको छ। तर, विद्यार्थीहरू भने फर्किएका छैनन्।  

पर्साका प्रहरी प्रमुख एसपी गौतम मिश्रका अनुसार बुधबार साँझ दुईवटा बसमा ५८ जना एकसाथ फर्किएका थिए। यसरी फर्किएका त्यही क्षेत्रका विद्यार्थीहरूलाई विभिन्न विद्यालयको बस व्यवस्था गरेर घरसम्म पुर्‍याइएको एसपी गौतमले बताए।

अहिलेसम्म फर्किनेमा ७५ जना पुरुष र १८ जना महिला रहेका छन्। यो नाका हुँदै बारा, पर्सा, रौतहटका विद्यार्थी फर्किरहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad