समाज


पोखरामा विस्फोट भएको बेलुनमा ग्यास भर्ने भारतीय हिरासतमा, के मुद्दा चलाउने प्रहरी अलमलमा

पोखरामा विस्फोट भएको बेलुनमा ग्यास भर्ने भारतीय हिरासतमा, के मुद्दा चलाउने प्रहरी अलमलमा

नेपालखबर
फागुन ६, २०८१ मंगलबार २२:६, काठमाडौँ

पोखरा भ्रमण वर्ष २०२५ उद्‌घाटन समारोहमा उडाउन तयारी गरिएका बेलुनमा हाइड्रोजन ग्यास भर्ने भारतीय नागरिक तीन दिनदेखि हिरासतमा छन्।

फागुन ३ गते उद्घाटन समारोहमा बेलुन विस्फोट भएर उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य घाइते भएका थिए।

घटना लगतै प्रहरीले बेलुनमा ग्यास भर्ने भारतीय नागरिक ४१ वर्षीय कमलेस कुमारलाई पक्राउ गरेको थियो। उनलाई अहिले पनि हिरासतमा राखिएको छ। तर कुन मुद्दा चलाउने भन्ने प्रहरी नै अलमलमा देखिएको छ।

‘त्यसरी ग्यास भर्न पाइने हो कि होइन ? नपाइने हो भने पनि सरकारी निकायले नै भर्न लगाएर तयार गरेको हो। अब कुन मुद्दा चलाउने हामीलाई अप्ठेरो छ। अहिले म्याद थप गरेर हिरासतमा राखेका छौँ, उ पनि १०/१२ वर्षदेखि पोखरामै बसेको रहेछ’, जिल्ला प्रहरी काकर्यालय कास्कीका एक अधिकारीले भने।

गत फागुन ३ गते पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन गर्ने क्रममा हाइड्रोजन ग्यास भरिएका बेलुन उडाउन खोज्दा आगोको झिल्कोले भेटेर सबै बेलुन एकसाथ बिस्फोट भएका थिए।

विस्फोटमा परी घाइते भएका अर्थमन्त्री पौडेल र मेयर आचार्यलाई तत्काल हेलिकोप्टरमा काठमाडौँ ल्याइएको थियो। कीर्तिपुर वर्न अस्पतालमा उपचारपछि अर्थमन्त्री पौडेल सोमबार डिस्चार्ज भएका छन्। मेयर आचार्य भने अझै अस्पतालमै छन्।

उक्त घटना छानविनका लागि गृह मन्त्रालयले कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजकत्वमा समिति बनाएको छ। समितिले आयोजकसहित त्यसमा संलग्न व्यक्तिसँग सोधपुछ गरिरहेको छ। समितिलाई उक्त घटना कसरी भएको हो त्यसकोक प्रतिवेदन बुझाउन भनिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad