समाज


प्रकृतिका बाबु भन्छन् : छोरीलाई भावनात्मक ‘ब्ल्याकमेल’ गरेर आत्महत्या गर्न बाध्य पारियो

प्रकृतिका बाबु भन्छन् : छोरीलाई भावनात्मक ‘ब्ल्याकमेल’  गरेर आत्महत्या गर्न बाध्य पारियो

नेपालखबर
फागुन ६, २०८१ मंगलबार १३:५९, काठमाडौँ

‍भारतको ओडिसास्थित कालिङ इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालका बावुले 'ब्ल्याकमेल' गरेर छोरीलाई आत्महत्या गर्न बाध्य पारिएको प्रतिक्रिया दिएका छन्। भारतीय सञ्चारमाध्यमलाई प्रतिक्रिया दिँदै बावु सुनिलले यस्तो बताएका हुन्।  

'हामीलाई थाहा छ अनुसन्धान चलिरहेको छ। पोस्टमार्टम प्रतिवेदन आउन बाँकी छ,' उनले भने, 'तर हामीलाई थाहा छ यसलाई भावनात्मक ब्ल्याकमेल गरेर आत्महत्या गर्न बाध्य पारिएको हो।'

लम्सालले युनिभर्सिटी प्रशासनसँगको छलफलको सन्दर्भमा थप भने, 'हिजो युनिभर्सिटी प्रशासनमा छलफल भयो केही निष्कर्ष भने निस्किएन। तर प्रहरी र क्याम्पस प्रशासनले सहयोग गरिरहेका छन्।'

त्यस्तै उनले आफ्ना छोरा पनि यहीँ पढ्ने र उसले नै घटनाबारे प्रहरी र प्रशासनलाई जानकारी गराएको बताए।  एक जनालाई पक्राउ गरिएको र त्यो व्यक्ति नै घटनाको मूल कारण भएको उनको आरोप छ।

'छोरीको फोन, ल्यापटप र डायरी फरेन्सिक विभागलाई बुझाइसकिएको छ,' उनले भने, 'प्रहरी र स्थानीय सरकारले सहयोग गरिरहेका छन्।'

तर उनले युनिभर्सिटीले विद्यार्थीहरूलाई क्याम्पस छोड्न भनिएको विषयमा आपत्ति जनाए।  'विद्यार्थीलाई क्याम्पस छोड्न भनिनु उचित होइन। हामीलाई न्याय चाहिएको छ,' उनले भने।  

प्रहरीले घटनामा संलग्न भएको आरोपमा एक जनालाई हिरासतमा लिएको जनाएको छ। नेपाली समुदायले पनि परिवारप्रति सम्वेदना व्यक्त गर्दै न्यायको माग गरेको छ। सरकारले पनि घटनाबारे कूटनीतिक पहल गरिरहेको जनाएको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad