समाज


भारतमा मृत भेटिएकी प्रकृति लम्साललाई न्याय माग गर्दै काठमाडौँमा विद्यार्थीको प्रदर्शन (तस्बिर)

भारतमा मृत भेटिएकी प्रकृति लम्साललाई न्याय माग गर्दै काठमाडौँमा विद्यार्थीको प्रदर्शन (तस्बिर)

सरोज बैजु
फागुन ६, २०८१ मंगलबार १३:२८, काठमाडौँ

भारतको ओडिसास्थित कलिङ इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा नेपाली विद्यार्थी प्रकृति लम्साल मृत भेटिएको घटना अनुसन्धान माग गर्दै मंगलबार काठमाडौँमा विद्यार्थीले प्रदर्शन गरेका छन्।

लम्साललाई न्याय माग गर्दै नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन अनेरास्ववियू क्रान्तिकारीको नेतृत्वमा आज बिहान माइतीघरमा प्लेकार्डसहित प्रदर्शन गरेका हुन्। 

केआईआईटीमा बी-टेक तेस्रो वर्षमा पढ्ने नेपाली छात्रा लम्साल आइतबार साँझ होस्टेलमा शंकास्पद अवस्थामा मृत भेटिएकी हुन्।

उनलाई न्याय माग्दै त्यहाँ पढ्ने नेपाली विद्यार्थी पनि विरोधमा उत्रिएका छन्। 

हेर्नुहोस् प्रदर्शनका तस्बिर-


प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad