नेपाली विद्यार्थी प्रकृति लम्साल मृत फेला परेपछि भारतको ओडिसास्थित कलिङ इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) ले २ सुरक्षा गार्डलाई बर्खास्त र ३ कर्मचारीलाई निलम्बन गरेको छ।
केआईआईटीले मंगलबार विज्ञप्ति जारी गरी घटनापछि तत्काल दुई सुरक्षाकर्मी कर्मचारीलाई बर्खास्त गरिएको जानकारी दिएको हो।
यस्तै दुई जना वरिष्ठ छात्रावास अधिकारी र एकजना अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालय (आईआरओ) का वरिष्ठ प्रशासनिक अधिकारीलाई घटनाको अनुसन्धान नटुंगिँदासम्म निलम्बन गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ।
केआईआईटीमा बी-टेक तेस्रो वर्षमा पढ्ने नेपाली छात्रा प्रकृति लम्साल आइतबार साँझ होस्टेलमा शंकास्पद अवस्थामा मृत भेटिएकी हुन्।
त्यसपछि न्याय माग्दै त्यहाँ पढ्ने नेपाली विद्यार्थी विरोध प्रदर्शनमा उत्रिएका छन्।
हेर्नुहोस् केआईआईटीको विज्ञप्ति-

Shares

प्रतिक्रिया