स्वरोजगार लघुवित्तले करिब २ लाख कित्ता एफपीओ निष्काशन गर्ने भएको छ।
लघुवित्तले १ करोड ९५ लाख ७७ हजार ३ सय रुपैयाँबराबरको १ लाख ९५ हजार ७ सय ७३ कित्ता सेयर निष्काशन गर्ने भएको हो।
कम्पनीको एफपीओमा यही फागुन १८ देखि २१ गतेसम्म आवेदन दिन सकिनेछ।
आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म खरिद आवेदन दिन सक्नेछन्।
लगानीका हिसाबमा कम्पनीलाई रेटिङ कम्पनी इक्रा नेपालले मध्यम जोखिमयुक्त भनेको छ। कम्पनीले लघुवित्तलाई डबल बी माइनस रेटिङ प्रदान गरेको हो।
27
Shares

प्रतिक्रिया