कवाड व्यवसायी समाज नेपालले काठमाडौँ महानगरपालिकाविरुद्ध राष्ट्रिय मानवअधिकार आयोगको ध्यानाकर्षण गराएको छ।
महानगर प्रहरीले कवाड व्यवसायमाथि डोजर आतंक मच्चाएको, कुटपिट, अभद्र व्यवहार गरेको भन्दै आयोगका अध्यक्ष तपबहादुर मगरलाई ज्ञापनपत्र बुझाएका हुन्।
लामो समयदेखि कवाड व्यवसायमाथि डोजर चल्दा गरिखाने आधार नै गुमेको ज्ञापनपत्रमा उल्लेख छ।
महानगरको अराजक गतिविधि रोक लगाई कवाड व्यवसायीलाई आफ्नो पेसा व्यवसाय गर्न पाउने हक सुनिश्चित गरिदिन अध्यक्षसमक्ष अनुरोध गरेको आयोगको अनुसन्धान शाखाले जनाएको छ।
प्रचलित कानुनबमोजिम सम्बन्धित निकायको अनुमतिमा काठमाडौं महानगरपालिकाको ३२ वटै वडामा कवाड व्यवसाय सञ्चालन गर्दै आइरहेका थिए।
महानगरका नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेले स्थानीय जनगुनासोका आधारमा आवासक्षेत्रका टहरा एक वर्षदेखि हटाउँदै आएको बताए।
विभिन्न कारणले आवास क्षेत्र जोखिम भएको हुँदा ०८१ को नगरसभाको निर्णयअनुसार एक्सनमा उत्रिएको बताए।
Shares

प्रतिक्रिया