काठमाडौँको अनामनगरमा एउटा कार सडकबाट उछिट्टिएर धोबीखोलामा खसेको छ।
आइतबार साँझ ६ बजेर ३५ मिनेट जाँदा काठमाडौँ महानगरपालिका वडा नं २९, मदन भण्डारी कलेजको पारिपट्टि यो दुर्घटना भएको हो।
कार भक्तपुर, ठिमी नगरपालिका–१, लोकन्थलीका ४५ वर्षीय पदम कार्कीले चलाइरहेका थिए।
बा २१ च ६६१४ नम्बरको कार कार खोलामा खसेपछि चालक कार्कीलाई प्रहरीले उद्धार गरेको छ। उनलाई सकुशल उद्धार गरिएको सिंहदरबार प्रहरी वृत्तले जनाएको छ। कार अहिले घटनास्थलमै रहेको पनि प्रहरीको भनाइ छ।
1.9k
Shares

प्रतिक्रिया