समाज


अर्थमन्त्री पौडेल र मेयर आचार्यको जलन ५ देखि ६ प्रतिशत: अस्पताल

अर्थमन्त्री पौडेल र मेयर आचार्यको जलन ५ देखि ६ प्रतिशत: अस्पताल

नेपालखबर
फागुन ३, २०८१ शनिबार १८:९, काठमाडौँ

पोखरामा बेलुन फुट्दा घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरका प्रमुख धनराज आचार्यको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार सुरु भएको छ।

उपप्रधानमन्त्री पौडेल र मेयर आचार्यको सघन उपचार कक्षमा उपचार भइरहेको अस्पतालले जनाएको छ।

‘उहाँहरुको प्रारम्भिक मूल्यांकन अनुसार ५–६ प्रतिशत जलेको तर अनुहारमा जलन भएकोले स्वासनली र फोक्सोमा असर पर्न सक्ने सम्भावना रहेकोले उच्च निगरानीमा उपचार गर्नुपर्ने आवश्यकता देखिन्छ’ अस्पतालले शनिबार विज्ञप्ति जारी गरेर भनेको छ।

पौडेल र आचार्यको उपचारमा प्राडा विडी झा, डा प्रविण गिरी तगायतका सघन उपचार कक्षको टोली, प्राडा शंकर मान राई, डा विशाल कार्की, डा मनिष यादव लगायतको जलन विशेषज्ञहरुको टोली, डा प्रयुस अर्याल लगायतका आकस्मिक उपचार टोली तथा रिना गौचन, निर्मला कुँवर, तृष्णा महर्जन लगायतको नर्सिङ्ग टोली उपचारमा संलग्न रहेको अस्पतालले जनाएको छ।

अर्थमन्त्री पौडेलको सचिवालयका अनुसार उनलाई दिउँसो ३ बजेतिर अस्पताल ल्याइको हो। मन्त्री पौडेलको हत्केला र अनुहार जलेको छ।

पोखरा भ्रमण वर्ष, २०२५ को उद्घाटनका क्रममा रिमोर्टबाट दीप प्रज्वलनपछि बेलुन उडाउने क्रममा आगोको ज्वालाले बेलुनमा टिपेपछि बेलुन पड्किएको थियो। बेलुनमा आगो टिपेपछि उनीहरूको शरीरमा आगो सल्किएको थियो।

दुवै जनालाई पोखरामा प्राथमिक उपचारपछि कीर्तिपुरस्थित बर्न अस्पतालमा ल्याइएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad