समाज


कमलपोखरी ग्यास सिलिन्डर विस्फोटमा घाइते अर्का युवकको पनि मृत्यु

कमलपोखरी ग्यास सिलिन्डर विस्फोटमा घाइते अर्का युवकको पनि मृत्यु

नेपालखबर
फागुन २, २०८१ शुक्रबार १६:५६, काठमाडौँ

काठमाडौँको कमलपोखरीस्थित शानदार मःम पसलमा ग्यास सिलिन्डर विस्फोट हुँदा घाइते भएका अर्का युवकको पनि मृत्यु भएको छ। 

उदयपुरको उदयपुरगढी गाउँपालिका ७ घर भई कमलपोखरी बस्ने २२ वर्षका प्रदीप तामाङको शुक्रबार दिउँसो मृत्यु भएको हो।

काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहराले कीर्तिपुर अस्पतालमा उपचार भइरहेका तामाङको साढे २ बजे मृत्यु भएको अस्पतालले घोषणा गरेको बताए।

यसअघि सोही विस्फोटमा परी अरु दुई जनाको मृत्यु भएको थियो।

माघ २४ गते बिहान साढे ८ बजे विस्फोट भएको थियो।

विस्फोटमा परी ११ जना घाइते भएकामा कीर्तिपुर अस्पतालमा उपचारकै क्रममाा मकवानपुरका १८ वर्षीय रविन राई र उदयपुरका २५ वर्षीय भीमबहादुर घले मगरको मृत्यु भएको थियो।

८ जनाको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ। ग्यास सिलिन्डर पड्किएपछि जलेर घाइते भएका उनीहरुलाई तत्काल हिमाल अस्पताल बानेश्वर लगिएको थियो। थप उपचारका लागि कीर्तिपुर अस्पताल लगिएकोमा तीन जनाको मृत्यु भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad