काठमाडौँ महानगरपालिका-२८, कमलपोखरीस्थित शानदार मम पसलमा बिहीबार बिहान सिलिन्डरबाट ग्यास चुहिएर आगलागी हुँदा घाइते भएका ११ जना सबै पुरुष रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार बिहीबार बिहान ८:४२ बजे कमलपोखरीनजिक केशव श्रेष्ठले सञ्चालन गरेको शानदार मम सेन्टरको भान्सा घरमा रहेको ग्यास सिलिन्डरबाट ग्यास चुहिँदा दुर्घटना भएको हो।
ग्यास चुहिएर आगलागी हुँदा ११ जना घाइते भएको परिसरका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिए।
प्रहरीका अनुसार घाइतेहरूलाई तत्काल उपचारका लागि हिमाल अस्पताल लगिए पनि त्यहाँ सामान्य उपचारपश्चात् थप उपचारका लागि बर्न अस्पताल, कीर्तिपुर रेफर गरिएको छ।
यी हुन् घाइते-
१) मोरङ जिल्ला बेलबारी नगरपालिका-८ स्थायी घर भई हाल काठमाडौँ-२८, कमलपोखरी बस्ने वर्ष १८ का मनीष पोखरेल
२) चितवन जिल्ला स्थायी वतन भई हाल काठमाडौँ-२८, कमलपोखरी बस्ने वर्ष १८ का रोहन लामा
३) उदयपुर जिल्ला कटारी नगरपालिका स्थायी वतन भई हाल काठमाडौँ-२८, कमलपोखरी बस्ने वर्ष २४ का संजोक मगर
४) काठमाडौँ-२८, कमलपोखरी बस्ने वर्ष २२ का प्रतीक लामा
५) काठमाडौँ-२८, कमलपोखरी बस्ने वर्ष २८ का धनबहादुर तामाङ
६) काठमाडौँ-२८, कमलपोखरी बस्ने वर्ष २५ का नवीन मगर
७) काठमाडौँ-२८, कमलपोखरी बस्ने वर्ष १९ का वियस मगर
८) काभ्रे जिल्ला स्थायी वतन भई काठमाडौँ-२८, कमलपोखरी बस्ने वर्ष २७ का छिरिङ लामा
९) ललितपुर जिल्ला, सातदोबाटो स्थायी वतन भई काठमाडौँ-२८, कमलपोखरी बस्ने वर्ष १९ का आयुष मगर
१०) मकवानपुर जिल्ला, हेटौँडा स्थायी वतन भई काठमाडौँ-२८, कमलपोखरी बस्ने वर्ष १८ का रविन राई
११) उदयपुर जिल्ला स्थायी वतन भई काठमाडौँ-२८, कमलपोखरी बस्ने वर्ष २० का बिरास कुमार घले
यसबाहेक अन्य ३ जना पनि सामान्य घाइते भएका छन्। तर उनीहरूलाई अस्पताल जानुपर्ने अवस्था नरहेको प्रहरीले जनाएको छ।
उनीहरू हुन्- काठमाडौँको फर्पिङ स्थायी वतन भई कमलपोखरी बस्ने वर्ष २४ का राजकुमार तामाङ, उदयपुर जिल्ला, कटारी नगरपालिका स्थायी वतन भई हाल काठमाडौँ-२८, कमलपोखरी बस्ने वर्ष २० sf सुदीप महर्जन र काठमाडौँ-२८, कमलपोखरी बस्ने वर्ष १७ का आर्यन महर्जन।
Shares

प्रतिक्रिया