सप्तरीमा श्रीमतीको हत्या आरोपितलाई प्रहरीले ६ वर्षपछि पक्राउ गरेको छ। शम्भुनाथ नगरपालिका २ बस्ने गायत्रीकुमारी साहका हत्या आरोपित उनका श्रीमान् सन्तोष साहलाई प्रहरीले पक्राउ गरेको छ। २०७६ जेठ २६ गते गते विवाह गरेका उनीहरूको लगत्तै पटक-पटक झगडा भएको थियो।
२०७६ चैत ६ गते राति सन्तोषले श्रीमतीलाई कुटपिट गरी ट्राफिक चोकदेखि ४ सय मिटर पूर्वतर्फ सडक छेउमा फालिदिएका थिए।
भोलिपल्ट बिहान ५:३० बजे स्थानीयले गायत्रीलाई फेला पारेर उपचारका लागि युनिक अस्पतालमा लगेका थिए। सोही दिन उनको मृत्यु भएको थियो।
घटनापछि फरार भएका साहलाई प्रहरीले बिहीबार पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ। जिल्ला अदालत सप्तरीले उनीमाथि अनुसन्धान गर्न पहिलोपटक ३ दिनको म्याद दिएको प्रहरी निरीक्षक मनिष श्रेष्ठले जानकारी दिए।
138
Shares

प्रतिक्रिया