समाज


राशिफल २ फागुन : वृषको प्रेममा मनमुटाव हुने, मिथुनलाई लाभहानि उस्तै रहने, तपाईँको के?

राशिफल २ फागुन : वृषको प्रेममा मनमुटाव हुने, मिथुनलाई लाभहानि उस्तै रहने, तपाईँको के?

ज्यो. मेनुका दाहाल
फागुन २, २०८१ शुक्रबार ४:३७, काठमाडौँ

आज शुक्रबार, २ फागुन २०८१ (१४ फेब्रुअरी २०२५)। हेर्नुस् आजको राशिफल-

मेष : धैर्य गरी मिहिनेत गरेमा कार्यसिद्धि हुन सक्छ। प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ। आत्मिक सन्तुष्टि मिल्नेछ। शुभकार्यको चर्चा चल्नेछ। मित्रबाट विशेष सहयोग होला। सुखसुविधा भोग गर्न पाइनेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ५०, वैदेशिक कार्यमा ७६ र शिक्षामा ४० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने। तामसिक भोजन नगर्ने।

वृष : यात्रामा बिघ्नबाधा आइलाग्न सक्छ। प्रेममा मनमुटावका साथै मन कमजोर रहला। सामान हराउने वा चोरी हुने भय छ। रोकिएको काम दोहोर्‍याएर गर्दा सफलता मिल्नेछ। वैदेशिक कार्य राम्रो हुनेछ।

भाग्यशाली रङ खैरो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४४, वैदेशिक कार्यमा ७७ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३७, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

मिथुन : आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। लाभहानि उस्तै रहनेछ। मित्रसँग रमाइलो भेटघाट होला। व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ।

भाग्यशाली रङ सेतो र अङ्क ४ हो। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ५४, वैदेशिक कार्यमा ६३ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ७९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीलाई खानेकुरा दिने। खैरो रङको प्रयोग नगर्ने।

कर्कट : आत्मिक सन्तुष्टि मिल्नेछ। नयाँ कार्यको थालनी होला। पुराना साथीभाइसित भेटघाट हुनेछ। प्रतिष्ठा र पदोन्नतिको सम्भावना छ। मिहिनेतको राम्रो नतिजा हात पर्नेछ। ससाना यात्राबाट राम्रो फल मिल्नेछ।

भाग्यशाली रङ सेतो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ७१, वैदेशिक कार्यमा ६४ र शिक्षामा ५९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। निलो रङको प्रयोग नगर्ने।

सिंह : लुकेको प्रतिभा र योग्यताको कदर हुनेछ। आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ। शैक्षिक क्षेत्रमा सफल भइएला। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। धार्मिक कार्य सफल रहनेछन्।

भाग्यशाली रङ पर्पल र अङ्क ६ हो। प्रेम र सम्बन्धमा ८१, व्यापारमा ६९, वैदेशिक कार्यमा ५४ र शिक्षामा ७४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। छलकपट नगर्ने।

कन्या : अनावश्यक यात्रा र झमेलामा परिएला। शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ। सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ। सामान हराउने योग छ। साँझमा भने सुखद भेट रहनेछ।

भाग्यशाली रङ गुलाबी र अङ्क २ हो। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ४०, वैदेशिक कार्यमा ४२ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले रोगीलाई सहयोग गर्ने। छलकपट नगर्ने।

तुला : मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ। भौतिक सुखमा बढोत्तरी होला। नयाँ व्यक्तिसँग भेटघाट हुनेछ। दाजुभाइ तथा दिदीबहिनीबाट सहायता मिल्नेछ। पठनपाठनमा प्रगति हुनेछ। वैदेशिक कार्य अघि बढ्नेछ।

भाग्यशाली रङ सेतो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६८, वैदेशिक कार्यमा ५६ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षरोपण गर्ने। उत्तर दिशा नजाने।

वृश्चिक : चलाखीपूर्ण बोलीले सङ्कल्पसिद्ध हुनेछ। प्रेम जीवन सबल र सफल हुनुका साथै आम्दानीका स्रोत बढ्नेछन्। भेटघाट र मनोरञ्जनमा सहभागी भइएला। सुखसुविधा भोग गर्न पाइनेछ। शुभ कार्यमा मन जानेछ।

भाग्यशाली रङ रातो र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६२, वैदेशिक कार्यमा ५८ र शिक्षामा ५० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ७५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। अरूको ईर्ष्या नगर्ने।

धनु : कुनै समाचारले मनमा शान्ति छाउला। धनार्जनका नयाँ स्रोत पत्ता लाग्नेछन्। प्रेमीको सहयोग पाइनेछ। धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ। बन्धुबान्धवबाट सहयोग होला। नयाँ कामको थालनी हुनेछ।

भाग्यशाली रङ रातो र अङ्क ५ हो। प्रेम र सम्बन्धमा ७७, व्यापारमा ६७, वैदेशिक कार्यमा ७४ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। सजिलै अरूको विश्वास नगर्ने।

मकर : मिश्रित फल मिल्नेछ। बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पर्न सक्छ। वैदेशिक कार्यमा उल्झन आउनेछ। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। शैक्षिक पक्ष कमजोर रहला। सन्तान तथा परिवारमा मेलमिलाप राम्रै हुनेछ।

भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३४, व्यापारमा ४२, वैदेशिक कार्यमा ६२ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ४५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा गुड खाने। कालो रङको प्रयोग नगर्ने।

कुम्भ : शुभकार्यको चर्चा चल्नेछ। सामाजिक कार्यमा रुचि जाग्नुका साथै उत्साहपूर्ण यात्राको योग छ। मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ। अधुरो वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ।

भाग्यशाली रङ निलो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ६०, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। सजिलै अरूको विश्वास नगर्ने।

मीन : आफ्नै प्रयासमा सुनिश्चित गरिएका कार्यबाट सफलता प्राप्तिको योग छ। पठनपाठनमा प्रगति हुनेछ। धार्मिक, सामाजिक र अरूको हित हुने काममा समय व्यतीत हुन सक्छ। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ।

भाग्यशाली रङ खैरो र अङ्क ४ हो। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६२, वैदेशिक कार्यमा ७६ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान्‌ शंकरजीको दर्शन गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad