समाज


सुदूरपश्चिमेली नेपाली समाज यूएईको नयाँ नेतृत्व चयन

सुदूरपश्चिमेली नेपाली समाज यूएईको नयाँ नेतृत्व चयन

नेपालखबर
माघ २९, २०८१ मंगलबार ११:०, काठमाडौँ

सुदूरपश्चिमेली नेपाली समाज यूएईको पाँचौँ राष्ट्रिय महाधिवेशन सर्वसम्मत नेतृत्व चयन गर्दै सम्पन्न भएको छ। 

महाधिवेशनले प्रकाश दत्त बडुको अध्यक्षतामा २२ सदस्यीय कार्यसमिति चयन सर्वसम्मत रूपमा चयन गरेको हो। 

नयाँ कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष तारासिंह विष्ट, चार उपाध्यक्षमा टंकप्रसाद जोशी, अमित चटौत, भीम बोगटी र चन्द्रसिंह धामी तथा महिला उपाध्यक्षमा वसन्ती मडै चयन भएका छन्। 

यस्तै महासचिवमा भरत विक्रम बोगटी, दुई सचिव विक्रम धामी र सचिव दिपेस कुँवर, कोषाध्यक्ष तारा धामी, सहकोषाध्यक्ष नारायन बुडाल तथा सदस्यहरूमा गोविन्द बोहरा, देवराज साउद, धनबहादुर नाथ, सुशील बोहरा, सन्दीपकाजी बस्नेत, सदस्य रेनु काफ्ले, कमल साउद, सदस्य लीला कुँवर, मनोज माली र बबिता धामी छन्। 

यूएईका लागि नेपाली राजदूतावासका श्रम काउन्सुलर दीपेन्द्र पौडेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपालबाट आमन्त्रित कलाकाहरूले प्रस्तुति दिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad