समाज


कोरोना केन्द्रबिन्दु बन्दै न्युयोर्क, २ नेपालीलाई संक्रमण आशंका

कोरोना केन्द्रबिन्दु बन्दै न्युयोर्क, २ नेपालीलाई संक्रमण आशंका

नेपालखबर
चैत १०, २०७६ सोमबार ४:३२,

नेपालीको बाक्लो बसोबास भएको अमेरिकाको न्युयोर्कमा कोरोना भाइरसको संक्रमण व्यापक बनेको छ। न्युयोर्क राज्य अमेरिकामा कोरोना भाइरस संक्रमणको केन्द्रबिन्दु बनेको हो।

अमेरिकामा अहिलेसम्म ३२ हजारभन्दा बढी मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ। त्यसको झन्डै आधा संक्रमित न्युयोर्कमा मात्रै छन्।

योसँगै त्यहाँ रहेका नेपालीमा पनि संक्रमण खतरा बढेको छ। 

स्थानीय सञ्चारमाध्यमका अनुसार अहिलेसम्म न्युयोर्कमा २ नेपालीलाई कोरोना संक्रमण पुष्टि भइसकेकाे छ भने अन्य चार जनाकाे रिपाेर्ट आउन बाँकी छ। 

न्युयोर्ककै ज्याक्सनहाइटमा बस्ने एक नेपालीलाई कोरोना संक्रमण पुष्टि भएको हो। उबर चलाउने ती ४७ वर्षीय नेपालीलाई ज्वरो आएपछि अस्पतालमा जँचाउने क्रममा कोरोना संक्रमण पुष्टि भएको परिवारला जानकारी दिएको छ।

परिवारका अनुसार अहिले एल्हमस्ट अस्पतालमा भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेको छ।

ती नेपाली नेपालमा रहँदा अन्य कुनै स्वास्थ्य समस्या नभएको र प्रेसरको औषधि खाने गरेको पारिवारिक स्रोतले जानकारी दिएको छ। 

सँगै रहेकी उनकी श्रीमतीलाई भने अहिलेसम्म कुनै लक्षण नदेखिएको खबरमा उल्लेख छ।

यस्तै सोमबारै न्युयोर्कमा अर्का एक नेपालीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ परिवारले जानकारी दिएकाे छ।

क्विन्सस्थित एल्महस्ट अस्पतालमा उपचारका लागि पुगेका ती ५० वर्षीय नेपालीमा कोरोना भाइरस देखिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। 

उनका कान्छा छोराले पनि आफूलाई ज्वरो आएको र खोकी लागेको बताएका छन्। जाे १८ वर्षभन्दा कम उमेरका रहेको अमेरिकाबाटै प्रकाशन हुने खसोखास डटकमले उल्लेख गरेको छ।

उनीसहित परिवारका चारै सदस्यलाई कोरोना संक्रमण आशंका भएपछि स्वास्थ्य परीक्षण गरिएको र त्यसको रिपोर्ट मंगलबारसम्म आउने बताइएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .