समाज


धादिङमा तीर्थयात्री सवार बस दुर्घटना: यी हुन् मृतक र घाइते (नामावली)

घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर
धादिङमा तीर्थयात्री सवार बस दुर्घटना: यी हुन् मृतक र घाइते (नामावली)

नेपालखबर
माघ २८, २०८१ सोमबार १०:४८, काठमाडौँ

धादिङमा गएराति तीर्थयात्री  सवार बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन्। 

जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी सुवास हमालले दिएको जानकारी अनुसार काठमाडौँबाट चितवनको देवघाट जाँदै गरेको बा ३ ख ८९२३ नम्बरको बस आइतबार राति १० बजे पृथ्वी राजमार्गमा पर्ने धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ७ सातकिलामा दुर्घटनामा सडकबाट तल खसेर दुर्घटनामा परेको हो। 

दुर्घटनामा दोलखा भीरकोटकी ५० वर्षीया पार्वती काफ्लेको मृत्यु भएको प्रहरीले जनाएको छ।

डीएसपी काफ्लेका अनुसार दुर्घटनामा गम्भीर घाइते भएकी काफ्लेको उपचारको क्रममा महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालमा मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएकामध्ये तीन जनाको अवस्था गम्भीर रहेको उनले बताए। घाइतेमध्ये ५ जनाको बाँसबारीस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ। बाँकी ९ जनाको प्रहरी अस्पताल र ८ जनाको ट्रमा सेन्टरमा उपचार भइरहेको डीएसपी हमालले जानकारी दिए। 

यी हुन् घाइते
साइबाबा अस्पताल धार्के धादिङ

१) बस चालक जिल्ला दोलखा बस्ने वर्ष ३६ को  जितबहादुर मगर, टाउको र हातमा चोट, अवस्था मध्यम।  

न्युरो अस्पताल, बाँसबारी, काठमाडाैँ
१) जिल्ला ललितपुर बस्ने वर्ष ५३ की शान्ता अधिकारी, टाउकोमा चोट, अवस्था गम्भीर। 
२) जिल्ला काठमाडौँ, जोरपाटी बस्ने वर्ष ६८ की जानुका हुमागाईं, टाउकोमा चोट, अवस्था गम्भीर। 
३) जिल्ला काठमाडौँ, जोरपाटी बस्ने शिवप्रसाद हुमागाईं, टाउकोमा चोट, अवस्था मध्यम।
४) जिल्ला काठमाडौँ जोरपाटी बस्ने वर्ष ४२ की समिता हुमागाईं, मुखमा चोट, अवस्था सामान्य।
५) जिल्ला ललितपुर, महालक्ष्मी बस्ने वर्ष ४६ की पवित्रा रावत, टाउको/हातमा चोट, अवस्था मध्यम। 

नेपाल प्रहरी अस्पताल महाराजगन्ज, काठमाडाैँ
१) जिल्ला दोलखा बस्ने वर्ष ५० की राधिका काफ्ले, भित्री चोट, अवस्था मध्यम।
२) जिल्ला दोलखा, भिरकोट गाउँपालिका बस्ने वर्ष ५० की पार्वती काफ्ले, २०८१/१०/२८ गते ०१:०५ उपचारको क्रममा मृत्यु।
३) जिल्ला काठमाडौँ जोरपाटी बस्ने वर्ष २८ की सविना काफ्ले, अवस्था सामान्य।
४) जिल्ला दोलखा तामाकोसी नगरपालिका-१ घर भई हाल भक्तपुर, सूर्यविनायक नगरपालिका-३ बस्ने वर्ष ५५ का पूर्वप्रहरी सहायक निरीक्षक कृष्णप्रसाद काफ्ले, ढाड तथा छाती र बायाँ खुट्टामा चोट, अवस्था मध्यम।
५) जिल्ला दोलखा, तामाकोसी नगरपालिका-१ घर भई हाल जिल्ला भक्तपुर, सूर्यविनायक नगरपालिका-३ बस्ने हाल नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत कार्यालय सहयोगी वर्ष ४४ की सावित्री ढकाल, शरीरको विभिन्न भागमा चोट, अवस्था मध्यम।
६) जिल्ला दोलखा तामाकोसी नगरपालिका-१ घर भई हाल जिल्ला भक्तपुर सूर्यविनायक नगरपालिका-५ बस्ने पूर्व प्रहरी सहायक निरीक्षक सूर्यप्रसाद काफ्ले, बायाँ हातमा चोट, अवस्था मध्यम।
७) जिल्ला दोलखा तामाकोसी नगरपालिका-१ घर भई हाल जिल्ला भक्तपुर सूर्यविनायक नगरपालिका-५ घर भई हाल केन्द्रीय अनुसन्धान ब्युरो, काठमाडौँमा कार्यरत कार्यालय सहयोगी वर्ष ४४ की गोमा काफ्ले, शरीरको विभिन्न भागमा चोट, अवस्था मध्यम।
८) जिल्ला भक्तपुर, सूर्यविनायक बस्ने वर्ष २८ का धीरज काफ्ले, अवस्था सामान्य।
९) वतन, उमेर नखुलेकी चमेली भण्डारी, भित्री चोट, अवस्था मध्यम।
१०) वतन, उमेर नखुलेका राम चौलागाई, भित्री चोट, अवस्था मध्यम।

ट्रमा सेन्टर काठमाडाैँ
१) जिल्ला दोलखा तामाकोसी नगरपालिका-१ बस्ने वर्ष २६ की जमुना काफ्ले, टाउको तथा दुवै हात र कम्मरमा चोट, अवस्था मध्यम।
२) जिल्ला दोलखा तामाकोसी नगरपालिका-१ बस्ने वर्ष ३८ की अम्बिका काफ्ले, टाउको तथा पेट र छातीमा भित्री चोट, अवस्था मध्यम।
३) जिल्ला दोलखा बस्ने वर्ष ५२ की डण्डपाणि काफ्ले, कानमा चोट, अवस्था मध्यम।
४) जिल्ला दोलखा, तामाकोसी नगरपालिका-१ बस्ने वर्ष अन्दाजी ८३ को नरबहादुर ओली, छाती तथा अनुहारमा चोट, अवस्था गम्भीर। 
५) जिल्ला भक्तपुर, सूर्यविनायक बस्ने गीता भण्डारी, सामान्य।
६) जिल्ला भक्तपुर सूर्यविनायक बस्ने  वर्ष ५० की मैना नेपाल, सामान्य।
७) जिल्ला ललितपुर बस्ने वर्ष ४५ को नारायणप्रसाद अधिकारी, हातखुट्टामा चोट, अवस्था मध्यम।
८) जिल्ला दोलखा तामाकोसी-१ बस्ने वर्ष ३१ का हरिप्रसाद काफ्ले, अवस्था सामान्य। 

काठमाडाैँ पठाएको तर सम्पर्क नभएका घाइते
१) जिल्ला रामेछाप मञ्थली नगरपालिका-बस्ने वर्ष २७ को (सहचालक) विमोचन सापकोटा, गालामा चोट, अवस्था सामान्य।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad