आज सोमबार, २८ माघ २०८१ (१० फेब्रुअरी २०२५)। हेर्नुस् आजको राशिफल-
मेष : युक्ति र बुद्धिको प्रयोगले समस्या सुल्झाउन सकिनेछ। धार्मिक एवं सांस्कृतिक सभा समारोहमा सरिक हुने सम्भावना छ। नयाँ र शुभ समाचार सुन्न पाइएला। प्रेम सम्बन्धमा मधुरता छाउनेछ। सामाजिक कामबाट सफलता हात पर्ला।
भाग्यशाली रङ सेतो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ७५, व्यापारमा ४९, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ६६ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा गुड खाने। सजिलै अरूको विश्वास नगर्ने।
वृष : हाँसखेल र मनोरञ्जनपूर्ण समय हो। शुभ कार्यको योजना बनाउन र सृजनात्मक क्षमतालाई प्रस्फुटन गर्न सक्नुहुन्छ। परोपकार तथा पुण्य आर्जन गर्न संलग्न भइनेछ। आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ।
भाग्यशाली रङ गुलाबी र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ७८, व्यापारमा ७०, सेयर बजारमा ५८, वैदेशिक कार्यमा ७४ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५९ र सम्पूर्ण भाग्याङ्क ७७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले रोगीलाई सहयोग गर्ने। तामसिक भोजन नगर्ने।
मिथुन : कुनै न कुनै कुराले मनमा शान्ति र खुसियाली मिल्नेछ। कार्यक्षेत्र वा समाजमा कुरा काट्नेको सङ्ख्या बढे पनि दाजुभाइ र साथीले राम्रो सहयोग गर्नेछन्। धार्मिक तथा समाजसेवामा मन लाग्नेछ। महिला वर्गबाट विशेष सहयोग मिल्नेछ।
भाग्यशाली रङ पहेँलो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६१, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ६५, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ७३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। भरिसक्के लामो यात्रा नगर्ने।
कर्कट : लाभहानि बराबर होला। मनमा दोधारको अवस्था सिर्जना हुन सक्छ। जति प्रयत्न गर्दा पनि उपलब्धि हासिल गर्न मुस्किल पर्ला। सामाजिक कार्य गर्दा मानप्रतिष्ठा कायम राख्न गोपनीयतामा ध्यान पुर्याउनुहोला।
भाग्यशाली रङ रातो र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ४१, व्यापारमा ३५, सेयर बजारमा ३९, वैदेशिक कार्यमा ४२ र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ३८, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ४७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीलाई खानेकुरा दिने। झुट नबोल्ने।
सिंह : लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन। सामाजिक तथा न्यायिक क्षेत्रमा संलग्न व्यक्तिले राम्रै सफलता प्राप्त गर्नेछन्। परोपकार तथा पुण्य आर्जन गर्न संलग्न भइनेछ। नयाँ कार्य वा रोजगारीको अवसर मिल्नेछ।
भाग्यशाली रङ आकासे र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६२, व्यापारमा ७५, सेयर बजारमा ५२, वैदेशिक कार्यमा ७६ र शिक्षामा ४० प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ५३, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ७४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षरोपण गर्ने। कालो रङको प्रयोग नगर्ने।
कन्या : दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। शुभकार्यको चर्चा चल्नेछ। प्रेमका कोपिला फक्रिएर जानेछन्। आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न होलान्। राज्यस्तरबाट लोभलाग्दा अवसर प्राप्त हुने सम्भावना छ।
भाग्यशाली रङ खैरो र अङ्क ५ हो। प्रेम र सम्बन्धमा ७१, व्यापारमा ५४, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ४९ र शिक्षामा ६६ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।
तुला : गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ। पढाइलेखाइमा राम्रो नतिजाका साथ सफलताको सिँढीहरू चढ्न सकिनेछ। बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ।
भाग्यशाली रङ निलो हो भने अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५६, व्यापारमा ७०, सेयर बजारमा ५५, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवान्लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। उत्तर दिशा नजाने।
वृश्चिक : आफूलाई कमजोर भएको अनुभूति हुनेछ। मन भावुक र उत्ताउलो बन्नेछ। आफूलाई अनुशासित र संयम बनाउनु पर्छ। मठमन्दिरको भ्रमणले थप ऊर्जा प्रदान गर्नेछ। निराशाको अनुभव नगरी लागि पर्दा फल हात लाग्नेछ।
भाग्यशाली रङ पर्पल र अङ्क ९ हो। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ४४, सेयर बजारमा ३९, वैदेशिक कार्यमा ६० र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ४१, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। खैरो रङको प्रयोग नगर्ने।
धनु : अचल सम्पत्ति हात पर्ने योग छ। सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ। चलाखीपनले कार्यसिद्ध हुन सक्छ। प्राविधिक कार्यमा लगाव बढ्नेछ। वैदेशिक कार्य कमजोर रहनेछ। झैझगडा र मुद्दामामिलाबाट टाढिनु नै जाति हुन्छ।
भाग्यशाली रङ निलो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ७०, सेयर बजारमा ६५, वैदेशिक कार्यमा ४० र शिक्षामा ७७ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग पनि ७१ र सम्पूर्ण भाग्याङ्क ७८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। छलकपट नगर्ने।
मकर : लामो समयदेखिका बाधाहरू स्वत: फुकुवा हुनेछन्। कुनै कारणवश रोकिएको कामले गति लिनेछ। मित्रहरूबाट सहयोग जुट्नेछ। साथीको सहयोग र हौसला मिल्नेछ। मानसम्मान पाइन सक्छ।
भाग्यशाली रङ पर्पल र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ७७, व्यापारमा ५९, सेयर बजारमा ६०, वैदेशिक कार्यमा ५६ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने। छलकपट नगर्ने।
कुम्भ : पारिवारिक साथ र सुख मिल्नुका साथै खुसीको खबर सुन्न पाउनुहुनेछ। नयाँ ठाउँको रमाइलो हुनेछ। चिताएको कामले तीव्रता लिनेछ। प्रणय सम्बन्धको लागि समय उत्तम छ। सेयर बजारबाट लाभ लिन सकिन्छ।
भाग्यशाली रङ सेतो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ७५, सेयर बजारमा ५९, वैदेशिक कार्यमा ४५ र शिक्षामा ७५ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ७१ र सम्पूर्ण भाग्याङ्क ५९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। खैरो रङको प्रयोग नगर्ने।
मीन : सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ। घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ। बाहिरी खानपान, समय र स्वास्थ्यको विशेष ख्याल गर्नुपर्नेछ। साँझमा कुनै समाचारले मन खुसी रहला।
भाग्यशाली रङ हरियो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ४१, व्यापारमा ४९, सेयर बजारमा ४७, वैदेशिक कार्यमा ६६ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ३७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। कालो रङको प्रयोग नगर्ने।
Shares

प्रतिक्रिया