ad ad

समाज


कोरोनाबाट ज्यान गुमाउनेको संख्या साढे १४ हजार नाघ्यो, २४ घन्टामा कहाँ कतिको मृत्यु?

कोरोनाबाट ज्यान गुमाउनेको संख्या साढे १४ हजार नाघ्यो, २४ घन्टामा कहाँ कतिको मृत्यु?

नेपालखबर
चैत १०, २०७६ सोमबार २:०,

विश्वभर कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट मृत्यु हुनेको संख्या साढे १४ हजार नाघेको छ।

सोमबार बिहान साढे सात बजेसम्मको तथ्यांकअनुसार कोरोनाबाट विश्वभर १४ हजार ६ सय ४१ जनाले ज्यान गुमाएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्। पछिल्लो २४ घन्टामा विश्वभर १६ सय ३४ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ।

कोरोना भाइसका कारण इटालीमा गएको २४ घन्टामा ६ सय ५१ जनाको मृत्यु भएको छ। कोरोना भाइरसको उद्गम थलो चीनमा गएको २४ घन्टामा यसको संक्रमणबाट ९ जनाले ज्यान गुमाएका छन्।

अहिलेसम्म इटालीमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५४ सय ७६ पुगेको छ। त्यहाँ ५९ हजार १ सय ३८ जना संक्रमित उपचारको क्रममा छन्।

अहिलेसम्म विश्वका १८८ देशमा कोरोना संक्रमण फैलिइसकेको छ। विश्वका ३ लाख ३६ हजार ८ सय ३८ जनामा यसको संक्रमण पुष्टी भएको छ। ९७ हजार ६ सय ३६ जना भने उपचार पछि निको भएका छन्।

गएको २४ घन्टामा स्पेनमा ३७५, अमेरिकामा ११७, इरानमा १२९, फ्रान्समा ११२, युकेमा ४८, नेदरल्याण्डमा ४३, स्वीटजरल्यान्डमा १८, इन्डोनेसियामा १०, भारतमा २ जनाले ज्यान गुमाएका छन्।

त्यसैगरी जर्मनीमा १०, कोरियामा २, अस्ट्रियामा ८, बेल्जियममा ८, स्वीडेनमा १, पोर्चुगलमा २, ब्राजिलमा ७, क्यानाडामा १, मलेसियामा २, टर्कीमा ९, चेकियामा १, आयरल्यान्डमा १, इक्वेडरमा ७, पाकिस्तानमा १, पोल्यान्डमा २, ग्रिसमा २, रोमानियामा ३, स्लोभानिया १, फिलिपिन्समा ६, वहराइन १, इजिप्टमा ४, इराकमा ३, कोलम्बियामा २, सर्वियामा १, अल्जेरियामा २, हंगेरीमा २ जनाले ज्यान गुमाएका छन्।

त्यसैगरी मोरक्कोमा १, उत्तर म्यासेडोनियामा १, एन्डोरामा १, बुर्किना फोसोमा १, ट्युनिसियामा २, अफगानिस्तानमा १, मौरिरसमा १ र गुआममा १ जनाले पछिल्लो २४ घन्टामा ज्यान गुमाएका छन्।

हिजो थप दुईको मृत्यु भएपछि भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७ पुगेको छ। त्यहाँ ३ सय ९६ जनामा कोरोना संक्रमण देखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .