ad ad

समाज


कोरोना सर्ने डरले जेलभित्र भागदौड हुँदा २३ कैदीको मृत्यु

कोरोना सर्ने डरले जेलभित्र भागदौड हुँदा २३ कैदीको मृत्यु

नेपालखबर
चैत १०, २०७६ सोमबार १:१४,

कोलम्बियास्थित जेलमा कोरोना संक्रमण सर्ने डरले भागदौड गर्ने क्रममा कैदीबीच झडप हुँदा कम्तीमा २३ जनाको मृत्यु भएको छ।

कोलम्बियाको राजधानी बोगोटास्थित ठूलो जेल ला मोडेलोमा झडप भएको हो।

कोरोना संक्रमण हुने तनावले भागाभाग गर्ने क्रममा भएको झडपमा ८३ कैदी घाइते भएको कोलम्बियाको न्याय मन्त्रालयले जनाएको छ।

कोरोना भाइरसको संक्रमण फैलिएका बेला पनि जेलमा क्षमता भन्दा बढी कैदी रहेको तथा स्वास्थ्य सेवा अति नाजुक रहेको भन्दै कैदीबन्दीले आइतबार देशभरका जेलमा प्रदर्शन गरेका थिए।

सोही क्रममा ला मोडेलो जेलमा झडप भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

तर त्यहाँको न्याय मन्त्रालयले भने कैदी कोरोना सन्त्रासको मौका छोपेर भाग्न खोजद झडप भएको दाबी गरेको छ। घटनाबारे अनुसन्धान भइरहेको बताइएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .