समाज


क्यान्सर रोगबारे सचेतना जरुरी छ : मन्त्री पौडेल

क्यान्सर रोगबारे सचेतना जरुरी छ : मन्त्री पौडेल

फाइल तस्बिर


नेपालखबर
माघ २६, २०८१ शनिबार १४:१४, काठमाडौँ

स्वास्थ्यमन्त्री प्रदीप पौडेलले क्यान्सर रोगलाई न्युनीकरण गर्न सचेतना प्रवर्द्धनको काम गर्न जरुरी रहेको बताएका छन्।

शनिबार काठमाडौंमा क्यान्सरविरुद्ध दशौँ साइकल र्‍यालीको उद्घाटन गर्दै मन्त्री पौडेलले नेपालमा धेरै व्यक्तिले क्यान्सरका कारण दुःख पाइरहेको र धेरैको निधन भएकाले क्यान्सर रोगलाई न्यूनीकरण गर्न सचेतना प्रवर्द्धनको काम गर्न जरुरी रहेको बताएका हुन्।

क्यान्सर उपचारका लागि उपचारात्मक प्रणाली विकास गर्न अझै काम गर्न जरुरी रहेको उनले बताए। उनले क्यान्सरलगायत अन्य रोगको उपचारात्मक प्रणालीमा लगानी बढाउनुपर्ने धारणा राखे। 

मन्त्री पौडेलले नेपालीको शरीरमा क्यान्सरै प्रवेश नगर्ने स्थिति सिर्जना गर्न सचेतना फैलाउनुपर्नेमा जोड दिए।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad