सुर्खेत जिल्लाको पञ्चपुरी नगरपालिका– १० स्थित भेरी नदीमा खसेर बेपत्ता भएका दुईजनामध्ये एक जनाको शव सशस्त्र प्रहरीको गोताखोरले माघ २४ गते निकालेको छ।
पूर्वीरुकुम जिल्लाको सिस्ने गाउँपालिका–२ स्थित प्वाङ बस्ने २४ वर्षीय अनिल घर्ती र १८ वर्षीय अर्जुन झाक्री मगर निमार्णधिन झोलुङ्गे पुलको लठ्ठा तान्ने क्रममा माघ २३ गते दिउँसो सो नदीमा खसेका थिए।
घटनाबारे जानकारी पाएपछि सशस्त्र प्रहरी बल, नेपाल नं. ३२ रक्तकाली गण सुर्खेतबाट ६ जना गोताखोरसहितको टोली खोजिकार्यको लागि परिचालन भएको थियो।
अर्का बेपत्ता झाक्रीको भने खोजीकार्य भईरहेको सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।
306
Shares

प्रतिक्रिया