नुवाकोटमा भएको सवारी दुर्घटनामा एक युवाको ज्यान गएको छ। नुवाकोट, बेलकोटगढी नगरपालिका-७ कल्चेडीस्थित सडकमा बा३ ख ५५४७ नम्बरको बस र बा ५८ प २८०४ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाँदा बुधबार दुर्घटना भएको थियो।
दुर्घटनामा मोटरसाइकल चालक बेलकोटगढी नगरपालिका-७ का २२ वर्षीय जीवन राईको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल नुवाकोटमा उपचारको क्रमम मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका बसमा सवार १८ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ।
120
Shares

प्रतिक्रिया