भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले गृहजिल्लाका अग्नीपीडितलाई सहयोग हस्तान्तरण गरेकी छन्। कालिगण्डकी गाउँपालिका–५ बाँसटारीमा गत फागुन २९ गते भएको आगलागीबाट पीडितलाई मन्त्री अर्यालले नगदसहित सामाग्री हस्तान्तरण गरेकी हुन्।
सो आगलागीमा ३ घरगोठ नष्ट भएको थियो।
पीडितमध्ये घरगोठमा पुरै क्षति भएका सन्तोष न्यौपानेलाई १ लाख १५ हजार रुपैयाँ नगद सहित जस्तापाता र कम्बल, गोठमा क्षति भएका नेत्र न्यौपानेलाई ४५ हजार रुपैयाँ, ताराप्रसाद न्यौपाने र चोलाकान्त न्यौपाने ४२÷४२ हजार रुपैयाँ र घरमा आंशिक क्षति भएका रामप्रसाद न्यौपानेलाई १७ हजार रुपैयाँ हस्तान्तरण गरेकी हुन्।
सहयोग रकम स्याङ्जा सहयोग समाज जापान, कोटाकोटका शोभाकान्त पाण्डे, स्याङ्जा पोखरा सम्पर्क समाज, युवा संघ र नेकपा वडा नम्बर ५, कालिगण्डकी सरोकार समाज, दुरदर्शी युवा क्लव लगायतले संकलन गरेका थिए।

प्रतिक्रिया