समाज


उपत्यकामा ५ हजार, प्रदेशमा २ हजार व्यक्ति क्षमताकाे क्वारेन्टिन तत्काल निर्माण गरिने

उपत्यकामा ५ हजार, प्रदेशमा २ हजार व्यक्ति क्षमताकाे क्वारेन्टिन तत्काल निर्माण गरिने

नेपालखबर
चैत ९, २०७६ आइतबार ११:२०,

क्वारेन्टिन स्थल निर्माण तथा व्यवस्थापन कार्यदलकाे आज बसेकाे बैठकले आज ९ निर्णय गरेकाे छ।

कार्यदलका संयोजक रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईकाे संयोजकत्वमा बसेको बैठकले क्वारेन्टिनकाे मापदण्ड र क्षमतालगायत विभिन्न ९ निर्णय गरेकाे हाे।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित काेभिड १९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको वैठकले विभिन्न कार्यदल गठन गरेकाे थियाे।

यी हुन् ९ निर्णयः
सार्वजनिक क्वारेन्टाइन स्थल सम्बन्धी मापदण्ड को मस्यौदा आजै तयार गरी बेलुका ६ बजेसम्म गृह मन्त्रालयको संयोजकत्वमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र ४ वटै सुरक्षा निकायका प्रतिनिधी (नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभाग) रहेको टोलीले कार्य गरी पेश गर्ने।

निर्णय नं. १ बमोजिमको टोलीको प्रतिवेदन/मस्यौदा आए पश्चात सो बमोजिम आवश्यक पर्ने स्रोतसाधन/बजेट व्यवस्थापन योजना सम्बन्धी कार्य अर्थ मन्त्रालय, गृह मन्त्रालय, सहरी विकास मन्त्रालय र ४ वटै सुरक्षा निकायका प्रतिनिधीको टोलीले गरी साेमबार बिहान १० बजे पेश गर्ने।

पर्यटन विभाग र नेपाल पर्यटन वोर्डले नेपाल होटल संघ र होटल व्यवसायी महासंघसँग समन्वय गरी कम्तीमा २ हजार व्यक्ति क्षमताका लागि उपयुक्त होटलहरूको स्थान सहितको विवरण तयार गरी भोली विहान १० बजे पेश गर्ने।

काठमाण्डौका प्रमुख जिल्ला अधिकारीले इचङ्गुनारायण स्थल र बलम्बुस्थित मनमोहन अस्पतालको भवन परिसरको निरीक्षण गरी आवश्यक पर्दा कति व्यक्ति क्षमतामा प्रयोग गर्न सकिन्छ विवरण तयार गरी भोली विहान १० बजे पेश गर्ने ।

प्याब्सन, एनप्याबसन र हिसानका प्रतिनिधिले आपसी समन्वयमा कम्तीमा २ हजार ब्यक्ति क्षमताका होस्टेल/स्कूलको स्थान सहितको विवरण तयार गरी भोली विहान पेश गर्ने ।

राष्ट्रिय खेलकुद परिषदले काठमाडौं, ललितपूर, पोखरा, बुटवल र धरानमा रहेका होस्टल तथा रङ्गशाला (टेन्टबाट निर्माण गर्न सकिने सहित) मा क्वारेन्टाइनको लागि व्यवस्थापन गर्न सकिने क्षमता एकिन गरी भोलि बिहान १० बजे पेश गर्ने।

उल्लिखित निर्णयानुसार नेपाल सरकारले उपत्यकामा कम्तीमा ५ हजार व्यक्ति क्षमताको सार्वजनिक क्वारेन्टाइन स्थल तत्काल निर्माण गर्न सम्बन्धित सबै निकायहरू संयुक्तरूपमा परिचालित हुने र उक्त सार्वजनिक क्वारेन्टाइन स्थललाई आवश्यक पर्दा तुरून्त अस्थायी अस्पतालमा रूपान्तरण गर्न सकिने गरी तयारी गर्ने ।

काेभिड संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिसमक्ष देहाय बमोजिम क्षमताका क्वारेन्टिन प्रयोग गर्न सक्ने गरी तयार गर्न देहाय बमोजिम प्रदेश सरकार तथा स्थानीय तहलाई निर्देशन हुन सिफारिश गरी पेश गर्ने:-
(क) प्रत्येक प्रदेशले- कम्तीमा २ हजार क्षमताका
(ख) प्रत्येक महानगरपालिकाले- कम्तीमा २ हजार क्षमताका
(ग) प्रत्येक उपमहानगरपालिकाले- कम्तीमा १ हजार क्षमताका
(घ) सबै जिल्ला सदरमुकाम रहेका नगरपालिका र गाउँपालिकाले- कम्तीमा (हिमाली क्षेत्रको हकमा)- पाँच सय व्यक्ति (पहाडी क्षेत्रको हकमा)- एक हजार व्यक्ति र (तराई क्षेत्रको हकमा)- दुइ हजार व्यक्ति क्षमताका क्वारेन्टाइन्स्थल ।

कार्यदलकाे वैठक भोली विहान १० बजे मन्त्रालयको बैठक बस्ने ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad