समाज


कुटपिटबाट दाइको मृत्यु भएपछि भागेका व्यक्ति २० वर्षपछि पक्राउ

कुटपिटबाट दाइको मृत्यु भएपछि भागेका व्यक्ति २० वर्षपछि पक्राउ

नेपालखबर
माघ २३, २०८१ बुधबार ११:५२, काठमाडौँ

कुटपिटबाट दाइको मृत्यु भएपछि फरार भएका व्यक्तिलाई प्रहरीले २० वर्षपछि पक्राउ गरेको छ। २०६१ माघ १ गते बिहान ७ बजे सप्तरीको महादेव गाउँपालिका २ का ४० वर्षीय गणेशी रजक र उनका भाइ उमेश रजकबीच झगडा भएको थियो। 

दाजुभाइबीच कुटपिट हुँदा गणेशी रजकको मृत्यु भएको थियो। 

दाइको मृत्यु भएपछि फरार भएका उमेशलाई पक्राउ गरेको सप्तरीका डीएसपी जितेन्द्र कुमार बस्नेतले बताए। उनलाई अदालतबाट ७ दिन म्याद लिएर प्रहरीले कर्तव्य ज्यानको कसुरमा अनुसन्धान अगाडि बढाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad