खेल


नेपालको लगातार चौथो हार, उपाधि जित्ने सम्भावना सकियो

नेपालको लगातार चौथो हार, उपाधि जित्ने सम्भावना सकियो

नेपालखबर
माघ २२, २०८१ मंगलबार १६:५४, काठमाडौँ

महिला त्रिकोणात्मक अन्तर्राष्ट्रिय टि–२० आई शृंखलाको चौथो खेलमा पनि नेपाल थाइल्यान्डसँग पराजित भएको छ। 

कीर्तिपुरस्थित खेल मैदानमा मंगलबार भएको खेलमा नेपाल ५ रनले पराजित भएको हो। यो हारसँगै नेपालको उपाधि जित्ने सम्भावना सकिएको छ।

थाइल्याण्डले दिएको १ सय ७ रनको लक्ष्य पछ्याएको नेपालले ८ विकेट गुमाएर २० ओभरमा जम्मा १०१ रन मात्रै बनाउन सक्यो।

नेपालका लागि रुबिना क्षेत्रीले सर्वाधिक २६ रन जोडिन्। अन्य खेलाडी खासै चल्न सकेनन्। 

नेपाल अहिलेसम्म नेदरल्यान्ड र थाइल्यान्ड दुवैसँग २/२ पटक पराजित भइसकेको छ। 

त्रिपल राउन्ड रोबिन संरचनामा खेल भइरहेकाले नेपालले अझै दुवै देशसँग १/१ खेल खेल्नेछ। तर, अबका खेल केवल अभ्यासका लागि मात्रै हुनेछन्।

उपाधिका लागि भने थाइल्यान्ड र नेदरल्यान्ड भिड्ने छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad