नेपाल अटो मेकानिक्स व्यवसायी संघले चैत १० गतेबाट सबै वर्कशप बन्द गर्ने निर्णय गरेको छ। संघले कोरोना संक्रमण रोक्ने सरकारको निर्देशनअनुसार ७ दिनको लागि सेवा बन्द गरेको हो।
संघले विज्ञप्ति जारी गर्दै ‘सरकारको निर्देशनअनुसार स्वास्थ्यसम्बन्धी नीतिलाई मध्यनजर गरी चैत १० देखि ७ दिनका लागि आफ्नो वर्कशपलाई पूर्णरुपमा बन्द’ गरिएको उल्लेख गरेको छ।
तर अत्यावश्यक सवारीसाधनहरु एम्बुलेन्स, अस्पताल, सुरक्षा निकायका सवारीसाधन मर्मत गर्नुपरेमा मास्क, पञ्जाको प्रयोग गर्ने, साबुनपानीले हात धुने वा सेनिटाइजर प्रयोग गरी सुरक्षित तरिकाबाट मात्र मर्मत सम्भार गर्न सदस्यहरुलाई अपिल गरेको छ।
यस्तै, अटोमोबाइल बिक्रेताहरुको संगठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले शनिबार एक विज्ञप्ति जारी गर्दै ग्राहक वा सेवाग्राहीहरुलाई आफ्नै घरमा बसेर पनि आवश्यक सेवा पु¥याउन सक्ने भएकाले आफू पनि घरैमा बसी सतर्कताका साथ आ–आफ्नो जिम्मेवारी समेत निर्वाह गर्न अनुरोध गरेको छ।
नाडा महासचिव सुनिल रिजालद्वारा हस्ताक्षरित सो विज्ञप्तिमा अटोमोबाइल व्यवसायीहरु उपर पनि ठूलो सामाजिक जिम्मेवारी र उत्तरदायित्व आइपरेको महसुस गरेको बताइएको छ

Shares

प्रतिक्रिया