स्वर्गद्वारी गुठीपीडित संघर्ष समितिले विभिन्न माग राखी आजदेखि काठमाडौँको माइतीघर मण्डलमा अनिश्चितकालीन रिले अनशन तथा धर्ना कार्यक्रम सुरु गरेको छ।
दाङको लमही, घोराही, तुलसीपुरबाट आएका उनीहरूले दिनभर बसेर धर्ना दिने कार्यक्रम रहेको संघर्ष समितिका सहसचिव प्रविन दहितले जानकारी दिए।
दाङबाट आएका उनीहरू काठमाडौँको गौशालास्थित पशुपति धर्मशालामा बसेका छन्। विरोधस्वरुप उनीहरूले स्वर्गद्वारी गुठीपीडितको आन्दोलन जारी छ लगायत लेखिएका ब्यानरहरू बोकेका थिए।
जमिनमाथिको द्वैध स्वामित्व अन्त्य गर्नुपर्ने, मोही किसानसँग गरिएको दुई बुँदे सम्झौता कार्यान्वयन गर्नुपर्ने, मोही पुर्जाको हक सुनिश्चित गर्नुपर्नेलगायतका माग आन्दोलनकारीले राखेका छन्।
तस्बिरहरू:











प्रतिक्रिया