समाज


सामाजिक सञ्जाल कम्पनीलाई सरकारको चेतावनी : दर्ता नगरे प्रतिबन्ध हुन्छ

सामाजिक सञ्जाल कम्पनीलाई सरकारको चेतावनी : दर्ता नगरे प्रतिबन्ध हुन्छ

नेपालखबर
माघ २१, २०८१ सोमबार १६:१२, काठमाडौँ

सरकारले अन्तर्राष्ट्रिय सामाजिक सञ्जालका कम्पनीलाई नेपालमा दर्ता नगरे प्रतिबन्ध लगाउने चेतावनी दिएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सोमबार सार्वजनिक सूचना जारी गर्दै सामाजिक सञ्जालको प्रयोग व्यवस्थापन निर्देशिका, २०८० बमोजिम त्यस्ता कम्पनीलाई नेपालमा दर्ता हुन आग्रह गरेको हो। 

नेपालमा फेसबुक, इन्स्टाग्राम, थ्रेड्स, एक्स, टिकटक, युट्युबलगायत विभिन्न अन्तर्राष्ट्रिय सामाजिक सञ्जाल सञ्चालनमा छन्। यीमध्ये धेरैजसो कम्पनी नेपालमा दर्ता भएका छैनन्। 

सरकारले त्यस्ता कम्पनीलाई दर्ता गर्दा कम्पनीको सम्पर्क व्यक्ति तोक्न पनि भनेको छ। सरकारको सूचनामा सामाजिक सञ्जालय नियमन निर्देशिकाअनुसार दर्ता नहुने कम्पनीलाई मन्त्रालयले प्रतिबन्ध लगाउन सक्ने पनि बताइएको छ।   

यही माघ १५ मा राष्ट्रियसभामा दर्ता भएको सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा सरकारले सामाजिक सञ्जाल कम्पनीहरूलाई नियमन गर्न विभिन्न व्यवस्था समेटेको छ। यही विधेयकअनुसार नै सरकारले सूचना जारी गरेको छ।  

सामाजिक सञ्जाल कम्पनीले नेपालको पयर्टन प्रवर्धनले, सुरक्षा तथा डिजिटल लिट्रेसीको प्रवर्धन एवं कन्टेन्ट फिल्टर एवं मोडरेसनका लागि प्रविधिसमेत अँगाल्नुपर्ने मन्त्रालयको सूचनामा भनिएको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad