आज आइतबार, २० माघ २०८१ (२ फेब्रुअरी २०२५)। हेर्नुस् आजको राशिफल-
मेष: नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। लाभदायक यात्रा र मनोरञ्जन पूर्ण कार्य रहला। दैनिक कार्यमा प्रगति र सफलता मिल्नेछ। पूरानो समस्या सुल्झाउन सकिनेछ। साँझमा भने अनावश्यक केही धन खर्च हुनसक्छ।
भाग्यशाली रङ घ्यू रङ र अंक ६ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ३५, सेयर बजारमा ४१, वैदेशिक कार्यमा ३७ र शिक्षामा ४१ प्रतिशत रहेको छ।
यस्तै स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ३३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विघ्नहर्ता गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। अखाद्य वस्तुको सेवन नगर्ने।
वृष: अधुरो काम पूरा हुनेछ। परिवारजनको साथले नयाँ आशा पलाउनेछ। शुभकार्यको चर्चा चल्नेछ। नयाँ काम वा रोजगारको अवसर पनि मिल्नेछ। कला र गलाको प्रभाव बढ्नेछ। साँझमा भने स्वास्थ्यमा तथा सौन्दर्यतामा धन खर्च हुनेछ।
भाग्यशाली रङ खैरो र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६०, सेयर बजारमा ४२, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६५ प्रतिशत रहेको छ।
यस्तै स्वास्थ्य अनुकूलता ६९, यात्राको योग ८१ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले दुर्गाजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। कालो रङको प्रयोग नगर्ने।
मिथुन: काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ। परदेशमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ। वैदेशिक कमबाट सफलता मिल्नेछ। शैक्षिक क्षेत्र र प्राविधिक काम पनि सहजै सम्पन्न हुनेछ।
भाग्यशाली रङ निलो र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ८०, व्यापारमा ६६, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ६२ र शिक्षामा ६५ प्रतिशत रहेको छ।
यस्तै स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। सेतो रङको प्रयोग नगर्ने।
कर्कट: महत्त्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नु राम्रो होला। सोचेभन्दा धेरै मेहनत गरेर थोरैमात्रै सफलता प्राप्त गर्न सकिएला। मनमा दुबिधा उत्पन्न हुनेछ। महत्त्वपूर्ण अवसर गुम्न सक्छ। राजनीतिक कार्यमा पनि बाधा आउनसक्छ।
भाग्यशाली रङ हरियो र अंक ८ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६७, सेयर बजारमा ७५, वैदेशिक कार्यमा ५६ र शिक्षामा ६५
प्रतिशत रहेको छ। यस्तै स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ५६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। तामसीक भोजन नगर्ने।
सिंह: नयाँ कामको थालनी हुनेछ। पारिवारिक सद्भाव बढ्नेछ। चलाखीपूर्ण बोलीले कार्य सिद्ध हुनसक्छ। राजनैतिक कार्यमा सफलता मिल्नेछ। कलकारखाना र बन्दव्यापारमा फाइदा हुनेछ। भोलि कतै घुम्न जाने योजना पनि बन्न सक्छ।
भाग्यशाली रङ रातो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ३३, व्यापारमा ४१, सेयर बजारमा ३४, वैदेशिक कार्यमा ४८ र शिक्षामा ३१
प्रतिशत रहेको छ।
यस्तै स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ३५ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। हरियो रङको प्रयोग नगर्ने।
कन्या: शुभ कार्यमा सरिक भइनेछ। रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ। आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन्। ठूला व्यक्तिले तपाइको मेहनतको प्रशंसा गर्नेछन्। कला र गलाको प्रभाव बढ्नेछ। लामो यात्रा सुखद् र सफल हुनेछ।
भाग्यशाली रङ पहेँलो र अंक ३ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६४, सेयर बजारमा ७९, वैदेशिक कार्यमा ७२ र शिक्षामा ६० प्रतिशत रहेको छ।
यस्तै स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खरानी रङको प्रयोग नगर्ने।
तुला: नयाँ पद, प्रतिष्ठा, वस्त्र र अलंकार प्राप्ति हुनेछ। बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ। न्यायिक कार्यमा सफलता मिल्ने र बौद्धिकताको विकास हुनेछ। प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय छ।
भाग्यशाली रङ पहेँलो र अंक ८ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६२, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ८० र शिक्षामा ६२ प्रतिशत रहेको छ।
यस्तै स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। आज भरिसक्के लामो यात्रा नगर्ने।
वृश्चिक: लाभहानी, सुखदुःख बराबरी मध्यम खालको दिन छ। मनोरञ्जनमा समयको ख्याल गर्नुपर्नेछ। बोलीको विपरीत अर्थ पनि लाग्नसक्छ अतः संयम रहनु होला। घर परिवारमा झैझमेलाको अवस्था आउला, तर धार्मिक कार्यमा मन चैं लाग्नेछ।
भाग्यशाली रङ पर्पल र अंक ८ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६६, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६१ प्रतिशत रहेको छ।
यस्तै स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ८० र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। उत्तर दिशा नजाने।
धनु: दिन लत्ता कपडामा बढी धन खर्च हुने र सामान हराउने योग छ। लामो समयदेखि रोकिएका अधुरा कामहरू पूरा हुनेछन्। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ।
भाग्यशाली रङ सेतो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ४१, सेयर बजारमा ४९, वैदेशिक कार्यमा ४९ र शिक्षामा ३३ प्रतिशत रहेको छ।
यस्तै स्वास्थ्य अनुकूलता ४१, यात्राको योग ३८ र सम्पूर्ण भाग्याङ्क ४२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवानलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खैरो वा सेतो रङको प्रयोग नगर्ने।
मकर: ठीक समयमा सही निर्णय लिन सकिनेछ। धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ। मनोरञ्जन कार्यक्रममा सहभागिता भइनेछ। प्राविधिक काममा बढी सफलता मिल्ला। पुँजी बजारमा लगानी गर्दा सफलताको अवसर जुट्नेछ।
भाग्यशाली रङ घ्यू रङ र अंक २ रहेको छ। प्रेम र सम्बन्धमा ५५, व्यापारमा ६१, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६३ प्रतिशत रहेको छ।
यस्तै स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।
कुम्भ: मनमा शान्ति छाउनेछ। अतिथिका रूपमा सम्मान पाइनेछ। बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कार्य सम्पादन हुन सक्छ। मन मिल्ने साथीको सहयोग र हौसला मिल्नेछ। व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुनेछ।
भाग्यशाली रङ हरियो र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६९, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५० र शिक्षामा ६१ प्रतिशत रहेको छ।
यस्तै स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले अग्रज व्यक्तिसँग सुझाव लिने। दक्षिण दिशाको यात्रा नगर्ने।
मीन: झैझमेलाको अवस्था आउला। अनावश्यक धन खर्च भई मानसिक चिन्ता बढ्नेछ। कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला। नाक तथा घाँटीमा समस्या आउला, तर सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ।
भाग्यशाली रङ आकाशे र अंक ३ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६९, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६४ प्रतिशत रहेको छ।
यस्तै स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। छल कपट नगर्ने।
Shares

प्रतिक्रिया