ad ad

समाज


जबर्जस्ती करणी आरोपमा वडा सदस्य पक्राउ

जबर्जस्ती करणी आरोपमा वडा सदस्य पक्राउ

नेपालखबर
चैत ९, २०७६ आइतबार २:४०,

बाजुराको त्रिवेणी नगरपालिका २ का वडासदस्य ३७ वर्षीय लालबहादुर बुढा जबर्जस्ती करणी अभियोगमा पक्राउ परेका छन्।

बुढालाई २९ फागुनदेखि नै हिरासतमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका इन्सपेक्टर दानबहादुर रोकायाले जानकारी दिए।

‘जबर्जस्ती करणी गरेको भन्दै स्थानीय महिलाले दिएको उजुरीका आधारमा पक्राउ गरी हिरासतमा राखेका हौँ,’ प्रहरी निरीक्षक रोकायाले भने।

२२ फागुनमा उनले वडावासी समेत रहेकी महिलालाई जबर्जस्ती करणी गरेका प्रहरीले जनाएको छ।

ती महिलाले घटना भएको सात दिनपछि प्रहरीमा उजुरी दिएकी थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .